सौराहामा आइएमई लाइफ इन्सोरेन्सको अभिमूखीकरण तालिम सम्पन्न

Posted on: 01 Feb, 2018

माघ १८, चितवन । माघ १५ देखी १७ गतेसम्म चितवनको सौराहामा आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले शाखा तथा अभिर्कताहरुको लागि आयोजना गरेको तालिम तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा सञ्चालनमा आएका ४० भन्दाबढी शाखाका प्रदेश प्रमुख, शाखा प्रमुख तथा उत्कृष्ट अभिकर्ताहरु गरि करिब १०० जनाको उपस्थिति रहेको थियो । 


उक्त कार्यक्रममा कम्पनीका तर्फबाट कम्पनी सञ्चालक समितिका अध्यक्ष डा. रामहरि अर्यालज्यू तथा सञ्चालक समितिका सदस्य श्री इश्वर कुमार कार्कीज्यूबाट उपस्थित सम्पूर्ण कर्मचारी तथा  अभिर्कताहरुलाई आफ्नो जिम्मेवारी अनुरुपको काम गर्न तथा व्यापार व्यावसाय वृद्धि गर्न प्रोत्साहित गर्नुको साथै उत्कृष्ट कर्मचारी तथा अभिकर्ताहरुलाई सम्मान समेत गरे ।

साथै उक्त कार्यक्रममा उपस्थित अभिकर्ता तथा कर्मचारीहरुले कम्पनीको योजना अनुसारको लक्ष्य प्राप्ती गर्न एक्यबद्वता समेत जनाएका थिए । उक्त कार्यक्रममा अभिर्कताहरुको लागि विशेष किसिमको उत्प्ररेणात्मक कार्यक्रम कम्पनीले आयोजना गरेको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!