नारायणगढ मुग्लिन सडकखण्डको चारकिलोमा पहिरो खस्यो, सडक अवरुद्घ

Posted on: 27 Jun, 2018

असार १३, चितवन | नारायणगढ मुग्लिन सडकखण्डको चारकिलो भन्ने ठाउँमा आज बिहान ६ः३० बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । 

नारायणगढ—मुग्लिन सडकखण्डका सूचना अधिकारी शिव खनालका अनुसार पहिरो ठूलो भएकाले पन्छाउन समय लाग्नेछ । पहिरो खसेलगत्तै पन्छाउने काम अघि बढेको भन्दै उहाँले थप पहिरो नखसेमा बिहान ११ बजेसम्ममा पन्छाउन सकिने बताउनुभयो । सोही सडकमा मंगलबार बिहान पहिरो खसेपछि ११ घण्टा सवारी आवागमन अवरुद्ध बनेको थियो । 

बेलुका ४ बजे पहिरो पन्छाएपछि रातभर सवारीको लाम र जामका कारण यात्रुले हैरानी बेहोरेका थिए । आजबिहान पुनः पहिरो खसेपछि यात्रु रोकिएका छन् । 

सरकारले उच्च जोखिममा रहेका भनिएका सडकखण्डमध्ये यो एउटा सडकखण्ड पनि हो । सडक विस्तारका क्रममा रहेकाले यो सडकखण्डको भुई कालोपत्रे भएको भएपनि समय समयमा खस्ने पहिरोका कारण सडक जोखिमपूर्ण रहेको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!