ग्लोबल आइएमई बैंकमा आगलागी

Posted on: 28 Feb, 2019

फागुन १६, चितवन | नारायणगढको शहीदचोकस्थित ग्लोबल आइएमई बैंकमा आज अपराह्न ३ बजे आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आगलागी विद्युत् चुहावट भएर भएको हो । 

स्थानीयवासी र दमकलको सहयोगले अपराह्न ३:३५ मा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । आगलागीबाट के कति क्षति भयो भन्ने वास्तविक विवरण आउन सकेको छैन । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!