अवरुद्ध पृथ्वीराजमार्ग दुईतर्फी सञ्चालन

Posted on: 30 Jul, 2020

साउन १५, मुग्लिन । पहिराका कारण अवरुद्ध पृथ्वीराजमार्ग  दुईतर्फी  सञ्चालनमा  आएको  छ । अविरल वर्षासँगै  सो राजमार्गअन्तर्गत  चितवनको इच्छाकामना गाउँपालिका–४ कुरिनटारमा पहिरो खस्दा बिहान ८:५५ बजेदेखि  सडक दुईतर्फी अवरुद्ध बनेको थियो ।  

एक्साभेटर लगाएर पहिरो हटाएपछि अहिले सडक पूर्णरुपमा सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ । बिहान निरन्तर पानी परेकाले पहिरो हटाउन समय लागेको थियो । 



यस बिषयमा तपाइको प्रतिक्रिया...!