भरतपुरमा पुनः मतदान बारेको विवादमा मंगलबार सुनुवाई हुने

Posted on: 11 Jun, 2017

जेठ २८, काठमाडौं | चितवनको भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा फेरि चुनाव गर्ने निर्वाचन आयोगको निर्णयबारे सर्वोच्च अदालतमा मंगलबार सुनुवाई हुने भएको छ । 

मतगणना भइरहेका बेला माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यातेपछि निर्वाचन आयोगले १९ नम्बर वडामा फेरि मतदान गर्ने निर्णय गरेको थियो । त्यो निर्णय बदर गर्न माग गर्दै परेको रिटमा न्यायाधीशद्धय विश्वम्भरप्रसाद श्रेष्ठ र प्रकाशमान सिंह राउतको संयुक्त इजलासमा पेशी तोकिएको भए पनि आइतबार यो मुद्दा हेर्न  भ्याइएको थिएन । 

यो मुद्दामा अब पर्सि मंगलबार सुनुवाई हुने सर्वोच्च अदालतले जनाएको छ । सर्वोच्चले गत २२ गते आयोगको निर्णय यथास्थितिमा राख्न आदेश दिँदै दुबै पक्षलाई आइतबार छलफलका लागि बोलाएको थियो । 

आयोगको निर्णय विरुद्ध भरतपुर १९ मा एमालेका तर्फबाट वडा सदस्यका उम्मेदवार गुञ्जमान विक र अधिवक्ता तुलसीराम पाण्डेले सर्वोच्चमा रिट दायर गर्नुभएको थियो । आयोगले फेरि मतदान गर्ने निर्णय गरे पनि सर्वोच्चको आदेशका कारण मिति तोक्न सकेको छैन । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!