अब भाषण र आन्दोलन छाड्ने : मन्त्रि पाण्डे

Posted on: 19 Sep, 2017

असोज ३, चितवन। वन तथा भूसंरक्षणमन्त्री विक्रम पाण्डेले स्थानीय निकायको निर्वाचनसँगै संविधान कार्यान्वयन भएको बताउनुभएको छ । 

संविधान दिवसका अवसरमा संविधान दिवस जिल्ला समारोह समितिद्वारा आज यहाँ आयोजित कार्यक्रममा मन्त्री पाण्डेले अब भाषण र आन्दोलन छाडी संविधानबमोजिम जनताका अधिकार र कर्तव्य कार्यान्वयनमा लाग्ने बताउनुभयो । 

कार्यक्रममा सांसद कृष्णभक्त पोखरेलले वर्ग क्षेत्र सबैको सहभागितामा निर्माण भएको नेपालको संविधान विश्वकै उत्कृष्ट संविधान भएको बताउनुभयो । 

भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहालले संविधान कार्यान्वयनको दिशामा अगाडि बढ्नु सबैको दायित्व हुने बताउनुभयो । प्रजिअ नारायणप्रसाद भट्ट, नेपाली काँग्रेसका सचिव उत्तम जोशी ,नेकपा(एमाले)का देवी ज्ञवाली, नेकपा (माओवादी केन्द्र)का संगीता भट्टराई, नेपाल बार एशोशियसनका अध्यक्ष गोपीलाल देवकोटालगायतले संविधान कार्यन्वयन गर्नेमा सबै एक मत हुनुपर्नेमा जोड दिनुभयो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!