अब सरकारको नेतृत्व वाम गठबन्धनले गर्नुपर्छ: केसी

Posted on: 09 Feb, 2018

माघ २६, चितवन । नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले जनमत वाम गठबन्धनलाई भएकाले उनीहरुकै नेतृत्वको सरकार बन्नु पर्ने बताउनुभएको छ । 

नेपाल प्रेस युनियन चितवन शाखाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले वाम गठबन्धनको सरकार बन्न काँग्रेस बाधक नबन्ने बताउनुभयो । 

उहाँले भन्नुभयो, “अहिलेको जन अभिमत वाम गठबन्धनलाई भएकाले वाम गठबन्धनकै सरकार बन्छ ।” 

अर्को एक प्रसंगमा उहाँले काँग्रेसको नेतृत्वमा प्रशस्त कमजोरी रहेको बताउनुभयो । नेता केसीले नीतिगत रुपमा धेरै सुधार गर्नु पर्ने, नेतृत्वमा कमजोरी रहेको र संरचनामा अपारदर्शी भएकाले पार्टी कमजोर बनेको बताउनुभयो । 

उहाँले भन्नुभयो, “हाम्रा नीति निर्णयका कुरा पार्टीभित्र यति ठूलो विभाजन र गुटबन्दी छ, त्यो गुटभित्र पनि गुटले सञ्चालन नगरेर पार्टी एउटा गिरोहले सञ्चालन गरेको छ ।” 

यस बिषयमा तपाइको प्रतिक्रिया...!