समाज | चितवन - CTW


कोरोना सङ्क्रमणले तीनको मृत्यु

Posted on October 23, 2020 | views : 179 | चितवन - CTW

कात्तिक ७, चितवन | जिल्लाका दुई अस्पतालमा उपचारका क्रममा रहेका तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा दुई र भरतपुर अस्पतालमा एक सङ्क्रमितको मृत्यु भएको हो । चितवन मेडिकल कलेजमा मृत्यु हुनेमा ८४ वर्षीया महिला र ७० वर्षीय पुरुष रहेको कलेजले जनाएको छ । राप्ती नगरपालिका–५ निवासी ८४ व

Read More

चाडपर्व लक्षित उत्सव र जात्रा नगर्न निर्देशन

Posted on October 18, 2020 | views : 159 | चितवन - CTW

कार्त्तिक २, चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले चाडपर्वलाई लक्षित गर्दै जिल्लामा हुने विभिन्न किसिमका उत्सव र जात्राहरु नगर्न निर्देशन दिएको छ ।  कोरोनाको सङ्क्रमण बढ्नसक्ने भन्दै चाडपर्व लक्षित कार्यक्रमहरु बन्द गर्न निर्देशन दिइएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताउनुभय

Read More

वडा सदस्यको कोरोना सङ्क्रमणका कारण मृत्यु

Posted on October 17, 2020 | views : 204 | चितवन - CTW

कात्तिक १, चितवन | खैरहनी नगरपालिका वडा नम्बर १२ का वडा सदस्य ४९ वर्षीय बद्रीवहादुर पाण्डेको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । उहाँ क्यान्सर रोगबाटसमेत पीडित हुनुहुन्थ्यो ।  भरतपुर अस्पतालमा उपचारका क्रममा पाण्डेको गएराति मृत्यु भएको हो ।अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार उहाँमा

Read More

उपभोक्ता ठगी गर्ने कारवाहीमा

Posted on October 17, 2020 | views : 108 | चितवन - CTW

कात्तिक १, चितवन | जिल्लामा उपभोक्तालाई ठगी गरेको अभियोगमा पाँचवटा व्यावसायिक प्रतिष्ठानलाई कारवाही गरिएको छ । ती संस्थालाई उपभोक्ता ठगी गरेको अभियोगमा रु ५० हजार जरिवाना सहित कारवाही गरिएको हो । वाणिज्य कार्यालय वीरगञ्ज, जिल्ला प्रशासन कार्यालय चितवन र जिल्ला प्रहरी कार्यालय चितवनको संयुक्त टोलीले

Read More

चाडपर्वसँगै चितवनका सार्वजनिक यातायातमा निगरानी

Posted on October 16, 2020 | views : 108 | चितवन - CTW

असोज ३०, चितवन। चाडपर्व शुरु भएसँगै जिल्ला भित्रने र बाहिरनेको सङ्ख्या बढ्न थालेको छ । रोजगारीको सिलसिलामा यहाँ रहेका र अध्ययनका क्रममा जिल्ला आएका घर फर्कन शुरु गरेका छन् । अघिल्ला वर्षमा घटस्थापना अघिनै यात्रुको चहलपहल हुने भए पनि अहिले कोरोना सङ्क्रमणका कारण गरिएको लकडाउन तथा निषेधाज्ञाले यात्रुक

Read More

दुर्घटना न्यूनीकरणका लागि ‘लाइडर गन’को प्रयोग

Posted on October 16, 2020 | views : 108 | चितवन - CTW

असोज ३०, भरतपुर । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले ‘लाइडर गन’मार्फत जाँच शुरु गरेको छ । चाडपर्वमा हुनसक्ने दुर्घटना न्यूनीकरणका लागि मुख्य राजमार्ग क्षेत्रमा ‘लाइडर गन’ मार्फत जाँच शुरु गरिएको हो । जिल्लामै पहिलोपटक अत्याधुनिक लाइडर गनमार्फत जाँच शुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितव

Read More

चितवनमा कोभिड–१९ सङ्क्रमणका कारण हुने मृत्युदर उच्च

Posted on October 13, 2020 | views : 151 | चितवन - CTW

असोज २७, चितवन । समग्र देशको तुलनामा चितवनमा कोभिड–१९ सङ्क्रमणका कारण हुने मृत्युदर उच्च पाइएको छ । अन्य जिल्लाबाट उपचारका लागि यहाँ आएर मृत्यु भएकालाई छाड्दासमेत जिल्लाको मृत्युदर १.२८ प्रतिशत पुगेको हो । स्वास्थ्य मन्त्रालयले सोमबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार नेपालमा कूल सङ्क्रमित सङ्ख्या एक ल

Read More

चार सय ४६ जनाद्वारा आँखा दान सम्झौता

Posted on October 08, 2020 | views : 191 | चितवन - CTW

असोज २२, चितवन । विश्व दृष्टि दिवसको अवसर पारी ४४६ जनाले मरणोप्रान्त आँखा दान सम्झौता गरेका छन् । लायन्स क्लब अफ इन्टरनेशनल ३२५ वि टु एरिया नं ३ को सहकार्यमा उनीहरुले आँखाको नानी दान सम्झौता गरेका हुन् । लायन्सकर्मीले आँखा दान सम्झौता गरेको पत्र आज एक समारोहबीच लायन्स क्बलका प्रथम भाइस डिष्ट्रिक्ट ग

Read More

तीन वर्षमा वन्यजन्तुको आक्रमणबाट ३६ जनाको मृत्यु

Posted on October 07, 2020 | views : 140 | चितवन - CTW

टेकराज पोखरेल । असोज २१,नवलपुर । चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत मध्यवर्ती क्षेत्रका बासिन्दा र वन्यजन्तुबीच द्वन्द्व घट्दै गएको छ । चितवन राष्ट्रिय निकुञ्जले उपलब्ध गराएको तथ्याङ्कानुसार यस क्षेत्रमा मानव–वन्यजन्तु द्वन्द्व घट्दै गएको हो । निकुञ्जबाट निस्कने बाघ, हात्ती, गैँडा, गोही, बँदेल, भालुलगा

Read More

मानव आक्रमण गर्ने बाघलाई निगरानी गरिँदै

Posted on October 07, 2020 | views : 149 | चितवन - CTW

असोज २१, रत्नननगर । चितवनमा यही असोज १० र १२ गते बाघको आक्रमणबाट दुई जनाको ज्यान गयो । दुई दिनको बीचमा दुई जनाको ज्यान गएपछि यसबारे अनुसान्धान थालिएको छ । वन र वन्यजन्तुको क्षेत्रमा काम गर्दै आइरहेको राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाले कुमरोजमा मानिसलाई आक्रमण गर्ने बाघलाई क्यामेरामार्फत निगरानी

Read More

भरतपुर कारागारमा उच्च सतर्कता

Posted on October 04, 2020 | views : 174 | चितवन - CTW

असोज १८, रत्ननगर | कोरोना भाइरसलाई मध्यनजर राख्दै भरतपुर कारागारमा उच्च सतर्कता अपनाइएको छ । क्षमताभन्दा दोब्बर बढी कैदी तथा थुनुवा रहेको र यहाँ कोरोना भाइरसको सङ्क्रमण हुन नदिन उच्च सतर्कता अपनाएको हो । चैत ११ गते सरकारले लकडाउन घोषणा गरेसँगै कारागारले कैदी तथा थुनुवाका आफन्तलाई भेटघाट बन्द गरेको छ

Read More

कोरोना सङ्क्रमित पुरुषको मृत्यु

Posted on October 04, 2020 | views : 179 | चितवन - CTW

असोज १८, चितवन | चितवनमा एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । भरतपुर अस्पतालमा उपचाररत कालिका नगरपालिका–७ जुटपानीका ६२ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिनुभयो ।  असोज  १६ गते कोरोना सङ्क्रमणसहित उहाँ भरतपुर अस्पतालको कोभिड आइसीयूमा भर्ना

Read More

त्रिशुलीमा ट्रक खस्दा तीन घाइते

Posted on October 03, 2020 | views : 127 | चितवन - CTW

असोज १७, मुग्लिन । त्रिशुली  नदीमा ट्रक खस्दा तीन  जना  घाइते  भएका  छन् ।  पृथ्वीराजमार्ग अन्तरगत चितवनको इच्छाकामना गाउँपालिका ४ धारापानी नजिकै  भैरहवाबाट काठमाण्डौ जाँदै गरेको ना ५ ख ९६२२ नम्बरको ट्रक आज बिहान ५ बजे  ८० फिट तल त्रिशुली  नदी किनारमा खसे

Read More

भरतपुर केरूङ्गा घोलको गुरुयोजना निर्माण

Posted on October 02, 2020 | views : 103 | चितवन - CTW

असोज १६, भरतपुर । भरतपुर महानगरपालिकाको मुख्य शहरी क्षेत्र भएर बग्ने केरूङ्गा घोलको गुरुयोजना निर्माण गरिएको छ । झण्डै ३० किमी लामो घोलले गुरुयोजनाअनुसार काम भए नयाँ स्वरुप ग्रहण गर्नेछ । भरतपुर महानगरपालिकाको गणेशधामबाट शुरू भई जगतपुरस्थित राप्ती नदीमा पुगेर मिसिने केरुङ्गा घोलको गुरुयोजनाको काम सक

Read More

कुटपिटपछि मृत्यु प्रकरणमा हुद्दामाथि अनुसन्धान

Posted on September 30, 2020 | views : 137 | चितवन - CTW

असोज १४, चितवन। जिल्ला प्रहरी कार्यालय चितवनले कुटपिटपछि मृत्यु भएको घटनाका आरोपी नेपाली सेनाका एक जनालाई पक्राउ गरी अनुसन्धान शुरु गरेको छ । राप्ती नगरपालिका वडा नं २ का २४ वर्षीय राजकुमार चेपाङको कुटपिटपछि गत साउन ८ गते मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नान्त

Read More

मानिस खाने बाघ नियन्त्रणमा आयो

Posted on September 27, 2020 | views : 436 | चितवन - CTW

असोज ११, चितवन | चितवन राष्ट्रिय निकुञ्जले नरभक्षी बाघ नियन्त्रणमा लिएको छ । भरतपुर महानगरपालिका–१३ बेलसहर सामुदायिक वन क्षेत्रमा रहेको उक्त बाघलाई निकुञ्जले शनिबार साँझ नियन्त्रणमा लिएको हो । वनमा घाँस काट्न गएका स्थानीय ६३ वर्षीय जगदीश चौधरीलाई शनिबार बिहान बाघले आक्रमण गरेर शवलाई समेत नछाडेपछि बा

Read More

स्क्रबटाइफस र डेङ्गुका बिरामी वढे

Posted on September 26, 2020 | views : 206 | चितवन - CTW

असोज १०, चितवन । कोरोना सङ्क्रमणका बेला यहाँ स्क्रबटाइफस र डेङ्गुका बिरामी बढेका छन् । भरतपुर अस्पतालमा दुई महिनामा ६९ जनालाई स्क्रबटाइफस र २४ जनालाई डेङ्गु देखिएको छ । अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार साउन र भदौमा परीक्षण गरिएका ३ सय ४५ जनाको नमूनामा ६९ जनामा स्क्रबटाइफस देखिएको हो ।&n

Read More

चितवनमा कोरोनाबाट एक पुरुषको मृत्यु

Posted on September 26, 2020 | views : 198 | चितवन - CTW

असोज १०, चितवन । चितवन जिल्लामा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कजेलमा उपचाररत हेटौँडा उपमहानगरपालिका वडा ९ का ७४ वर्षीय पुरुषको मृत्यु भएको हो । अस्पतालका निर्देशक डा दयाराम लम्सालका अनुसार गत भदौ ३ गते श्वासप्रश्वास र निमोनियाको समस्या भई उनी अस्पताल भर्ना भएका थिए । उनको

Read More

होम आइसोलेसनमा बस्ने बढे

Posted on September 25, 2020 | views : 197 | चितवन - CTW

असोज ९, रत्ननगर  । पछिल्लो समय जिल्लामा होम आइसोलेसनमा बस्ने सङ्ख्यामा वृद्धि आएको छ । जिल्ला स्वास्थ्य कार्यालय चितवनको तथ्याङ्कअनुसार यहाँको हाल कोरोना सक्रिय सङ्क्रमित ९४३ रहेका छन् । त्यसमध्ये ६२६ होम आइसोलेसनमा बसेका छन् । बाँकी ३१७ जना संस्थागत आइसोलेसनमा बसेका छन् । कार्यालयमा प्रमुख दीप

Read More

चितवनमा एक सङ्क्रमितको मृत्यु

Posted on September 24, 2020 | views : 216 | चितवन - CTW

असोज ८, चितवन । चितवन मेडिकल कलेजमा उपचारका क्रममा कोरोना सङ्क्रमणका कारण एक युवाको मृत्यु भएको छ । तनहुँको आँबुखैरहनी नगरपालिका वडा नम्बर ३ का ३९ वर्षीय युवाको मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पतालका निर्देशक डा. दयाराम लम्सालका अनुसार उनको बुधबार राति १२ः५५ बजे मृत्यु भएको हो । डायलासिस गराउन भ

Read More

नरायणगढ–मुग्लिन सडक खण्ड अबरुद्ध

Posted on September 24, 2020 | views : 326 | चितवन - CTW

असोज ८, चितवन (रासस) : नारायणगढ–मुग्लिन सडक खण्डको चार किलोमा पहिरो खसेसँगै सडक पुनः अबरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका वडा नम्बर ६ स्थित चार किलोमा बुधबार राति पुनः पहिरो खसेसँगै सडक अबरुद्ध भएको हो । जिल्ला ट्राफिक कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टकाअनुसार राति लेदोसहित पहिरो खसेका कारण सड

Read More

रिएजेन्ट सकिएपछि नमूना काठमाडौँ पठाउन थालियो

Posted on September 23, 2020 | views : 185 | चितवन - CTW

असोज ७, चितवन । भरतपुर अस्पतालले सञ्चालन गरेको भरतपुर कोभिड–१९ प्रयोगशालामा पिसीआर परीक्षणको रिएजेन्ट सकिएपछि मङ्गलबारदेखि प्रयोगशाला बन्द भएको छ । यहाँ सङ्कलन भएको नमूना काठमाडौँ पठाउन थालिएको छ ।  प्रयोगशाला प्रमुख डा नीतु अधिकारीका अनुसार सोमबार रिएजेन्ट सकिएपछि यहाँ परीक्षण गर्न रोकिएको छ ।

Read More

नारायणगढ–मुग्लिन र मुग्लिन–नौबिसे सडक एकतर्फी सञ्चालनमा

Posted on September 23, 2020 | views : 332 | चितवन - CTW

असोज ७, मुग्लिन । नारायणगढ–मुग्लिन सडकखण्ड र मुग्लिन–नौबिसे सडकखण्ड एकतर्फी मात्र सञ्चालनमा रहेको छ ।  नारायणगढ–मुग्लिन सडकखण्डको  इच्छाकामना गाउँपालिका–६ स्थित चारकिलो डाँडामा  आज बिहान ७ बजे पहिरो खस्दा अवरुद्ध भएको सडक अहिले एकतर्फी सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्

Read More

शहरी क्षेत्रमा जमेको पानी मानव स्वास्थ्यका लागि हानिकारक

Posted on September 22, 2020 | views : 173 | चितवन - CTW

असोज ६, चितवन । जिल्लाको शहरी क्षेत्रमा अप्राकृतिकरूपमा जमेको पानी मानव स्वास्थ्यका लागि हानिकारक हुने जानकारहरुले बताएका छन् । सरुवा रोगहरु फैलिन सक्ने भएकाले मानव स्वास्थ्यका लागि खतरा हुने उनीहरुले औँल्याएका हुन् । बर्सात शुरु भएयता भरतपुर महानगरपालिकाको वडा नं. १०, ११, १२, ७ लगायतका मुख्य शहरी क

Read More

मिर्गौला पीडितको उपचारका लागि फेसबुकले जुटायो ११ लाख

Posted on September 20, 2020 | views : 185 | चितवन - CTW

असोज ४, मुग्लिन । दुवै मिर्गौला फेल भएका चितवनको इच्छाकामना गाउँपालिका–३ चैवुङका १९ वर्षीया शर्मिला गुरुङको उपचारका लागि रु ११ लाख ८५ हजार रकम सङ्कलन भएको छ । सामाजिक अभियानकर्मी कृष्ण घोताने गुरुङले सामाजिक सञ्जाल फेसबुकमा गरेको आह्वानबाटै उक्त रकम सङ्कलन भएको हो । देश विदेशमा रहेका ११७ व्यक्ति तथा

Read More

क्यान्सरका कर्मचारी मृत भेटिए

Posted on September 20, 2020 | views : 249 | चितवन - CTW

असोज ४, चितवन | बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका एक कर्मचारी नहरमा मृतावस्थामा भेटिएका छन् । मृत्यु हुनेमा सिमरा घर भई विगत ११ वर्षदेखि अस्पतालमा काम गर्दै आएका ३२ वर्षीय सूर्य मिश्र रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । अस्पतालमा बिजुली मर्मतको काम गर्दै आएका उनको शव शनिबार

Read More

चितवनमा एक व्यक्ति मृत भेटिए

Posted on September 19, 2020 | views : 323 | चितवन - CTW

असोज ३, चितवन (रासस)  । विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा कार्यरत एक कर्मचारी नहरमा मृतावस्थामा भेटिएका छन् । सिमरा घर भई  ११ वर्षदेखि अस्पतालमा कार्यरत ३२ वर्षीय सूर्य मिश्र मृतअवस्थामा भेटिएको  जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अस्पतालमा बिजुली मर्मतको काम गर्दै आएका

Read More

एक क्वीन्टल गाजासहित दुई पक्राउ

Posted on September 19, 2020 | views : 220 | चितवन - CTW

असोज ३, चितवन | प्रहरीले एक क्वीन्टल गाजासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा राप्ति नगरपालिका–११ का २४ वर्षीय पदमबहादुर मोक्तान र २५ वर्षीय दोर्जे तामाङ रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले शुक्रबार पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको हो । निजहरुको साथबाट गाजा बोक्न प्रयो

Read More