समाज | चितवन - CTW


चितवनबाट नेकपाको अध्यक्षसहित १७ जनाको प्रतिनिधित्व(नामावलीसहित)

Posted on May 24, 2018 | views : 14 | चितवन - CTW

जेठ १० चितवन | नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को अध्यक्षसहित चितवनका १७ जनाले केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने अवसर पाएका छन् ।  देशको मध्यभागमा रहेर पनि राजधानीसहित अन्य अवसरबाट वञ्चित जिल्लाबाट सत्तासिन दलमा केन्द्रीय अध्यक्ष र १६ जना सदस्यले प्रतिनिधित्व गर्न पाउनुलाई अर्थपूर्ण रुपमा हेर

Read More

नारायणगढ-मुग्लिन सडकखण्डको काममा ढिलाई भएपछी गृहमन्त्रीले छानबिन गर्न निर्देशन दिए

Posted on May 22, 2018 | views : 23 | चितवन - CTW

जेठ ८ चितवन | गृहमन्त्री रामबहादुर थापाले नारायणगढ—मुग्लिन सडकखण्डको काम समयमा नसकेकोमा छानबिन गर्न निर्देशन दिइएको बताउनुभएको छ ।  सुर्खेतमा हुन लागेको कर्णाली प्रदेशको सुरक्षा गोष्ठीमा जाँदैगर्दा आज बिहान मौसम खराबीका कारण चितवनमा हेलिकोप्टर अवतरण गरी जिल्लास्थित सुरक्षा निकायसँग जिल्लाको अवस

Read More

बर्डफ्लु संकटग्रस्त क्षेत्र चितवनमा जनस्वास्थ्यको टोली

Posted on May 20, 2018 | views : 42 | चितवन - CTW

जेठ ६, चितवन । कुखुरामा बर्डफ्लु प्रमाणित भएपछि संकटग्रस्त क्षेत्र घोषणा गरिएको क्षेत्रमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोलीले मानव स्वास्थ्यका बारेमा अनुगमन थालेको छ । पूर्वी चितवनको खैरहनी नगरपालिका– ९ सुर्तनीमा महाशाखाका डा हेमन्त ओझाको नेतृत्वमा आएको पाँच जनाको प्राविधिक टोलीले त्यहा

Read More

चितवनमा बसको ठक्करबाट एकको मृत्यु

Posted on May 16, 2018 | views : 55 | चितवन - CTW

जेठ २ चितवन | चितवनको इच्छाकामना गाउँपालिका–७ सिमलढापमा बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुरबाट मुग्लिनतर्फ जाँदै गरेको ना ५ ख ३१३८ नम्बरको बसको ठक्करबाट स्थानीय पैदलयात्री ७० वर्षीया धनमाया गुरुङको मृत्यु भएको हो ।  मंगलबार भएको उक्त

Read More

मदनभण्डारी फाउण्डेशन चितवनमा भट्टराई सर्वसम्मत

Posted on May 15, 2018 | views : 74 | चितवन - CTW

जेठ १ चितवन | मदन भण्डारी फाउण्डेशन चितवन शाखाको सोमबार भरतपुरमा सम्पन्न भेलाले ३१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।  नवगठित समितिको अध्यक्षमा डा तिलचन्द्र भट्टराई, वरिष्ठ उपाध्यक्षमा शम्भु सुवेदी, उपाध्यक्ष त्रयमा भीम पुन, राजेन्द्र श्रेष्ठ र रामप्रसाद न्यौपाने, सचिवमा श्याम विष्ट, सहसचिवम

Read More

चितवनमा गाडीको ठक्करले एकको मृत्यु

Posted on May 09, 2018 | views : 86 | चितवन - CTW

वैशाख २६, रत्ननगर | गाडी ब्याक गर्ने क्रममा पैदलयात्रीलाई ठक्कर दिँदा चितवनको मुग्लिनमा एकजनाको मृत्यु भएको छ । अर्का एकजना घाइते भएका छन् ।  जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मंगलबार साँझ ६ः३० बजेको समयमा इच्छाकामना गाउँपालिका–४ स्थित मुग्लिन बजारमा उक्त दुर्घटना भएको हो ।  काठमाडौँबा

Read More

आपसी विवादमा तेजाप छर्किंदा धादिङ घर भई चितवन बस्ने एक युवा गम्भीर घाइते

Posted on May 07, 2018 | views : 94 | चितवन - CTW

वैशाख २४ चितवन | भरतपुर महानगरपालिका–२ बेलटाँडीमा आपसी विवादका कारण तेजाप छर्किंदा एक युवा गम्भीर घाइते भएका छन् ।  जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार आज बिहान १:३० बजे प्रेम सुनारको घरमा डेरा गरी बस्ने धादिङ नालाङ्ग घर भई नारायणगढस्थित मनकामना सुनचाँदी पसलमा काम गर्ने ३० वर्षीय

Read More

चितवनमा मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु

Posted on May 06, 2018 | views : 193 | चितवन - CTW

वैशाख २३, चितवन | भरतपुर महानगरपालिका–१४ वीरेन्द्र टोलमा गए राति एउटा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार ना१४प ८८२ नंको मोटरसाइकल अनियन्त्रित भई राति १२:१५ बजेतिर दुर्घटना भएको हो । दुर्घटनामा परी मोटरसाइकल चालक भरतपुर महानगरपा

Read More

कानून व्यवसायी भट्टराई जबरर्जस्ती करणीको अभियोगमा पक्राउ

Posted on May 02, 2018 | views : 164 | चितवन - CTW

वैशाख १९ चितवन | भरतपुर महानगरपालिका–१० बस्ने कानून व्यवसायी प्रकाश भट्टराई जबरर्जस्ती करणीको प्रयास गरेको अभियोगमा आज पक्राउ परेका छन् ।  जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दीपक थापाका अनुसार दश जोड दुई पढ्दै गरेका दुई युवतीलाई जबरर्जस्ती करणीको प्रयास गरेपछि भट्टराईलाई नियन्त्रणमा

Read More

चितवनमा ‘डबली द स्पेस बुक क्याफे’ सञ्चालनमा

Posted on May 02, 2018 | views : 39 | चितवन - CTW

वैशाख १९ चितवन | सार्वजनिक विषयमा छलफल बढाउने र पठन संस्कृतिको प्रवद्र्धन गर्ने लक्ष्यका साथ यहाँ ‘डबली द स्पेस बुक क्याफे’ सञ्चालनमा ल्याइएको छ । भरतपुर महानगरपालिका–१० स्थित भरतपुर विमानस्थल नजिकै पत्रकार इन्द्रध्वज क्षेत्री र डाक्टर जीवन क्षेत्रीले उक्त क्याफे सञ्चालनमा ल्याउनुभएको हो ।  सा

Read More

ओडारबाट घर सरे ८० वर्षे रुपसिंह चेपाङ

Posted on April 27, 2018 | views : 126 | चितवन - CTW

नारायण ढुङ्गाना/वैशाख १४ चितवन | नयाँ पिँडीमा दुईवटा काठको फलेकमाथि बोरा ओछ्याएर आगन्तुकलाई नमस्कार गर्दै थिए ८० वर्ष नाघेका रुपसिंह चेपाङ (प्रजा) । बिहीबार बिहानसम्म उनी ओडारमै थिए ।  दाताको सहयोगमा नयाँ घर बनेपछि बिहीबारमात्रै स्थानीयवासीले उनलाई सारेर नयाँ घरमा भित्र्याए । पिँडीमा हँसिलो मु

Read More

सौराहाको ‘केटो’लाई चीन पठाउने तयारी

Posted on April 26, 2018 | views : 86 | चितवन - CTW

वैशाख १३ चितवन | चितवन राष्ट्रिय निकुञ्जले रत्ननगरको सौराहामा पालनपोषण गरेर राखिएको गैँडाको बच्चा (केटो) लाई चीन पठाउने तयारी गरेको छ । केटोको स्वास्थ्य अवस्था राम्रो भएकाले चीन पठाउन लागिएको हो ।  राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काले चिनियाँ र नेपाली पश

Read More

छिमेकी जिल्ला समेटेर एकीकृत विकास: अध्यक्ष दाहाल

Posted on April 25, 2018 | views : 118 | चितवन - CTW

वैशाख १२ चितवन | नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले चितवन र छिमेकी जिल्लालाई समेटेर एकीकृत विकासको मोडल तयार गर्न लागिएको बताउनुभएको छ ।  प्रेस सेन्टर नेपाल, चितवन शाखाले आज यहाँ आयोजना गरेको चितवनको विकास र समृद्धिबारे अन्तक्र्रिया कार्यक्रममा बोल्दै उहाँले नवलपुर, मकवानपुर, धा

Read More

चितवनमा सवारी दुर्घटना: एकको मृत्यु, १९ घाइते

Posted on April 24, 2018 | views : 69 | चितवन - CTW

वैशाख ११ चितवन | नारायणगढ—मुग्लिन सडकखण्डअन्तर्गत स्याउली बजारमा आज बिहान ६ बजे बस र ट्रक एकापसमा ठक्कर खाँदा एकजनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् ।  मृत्यु हुनेमा बसका सहचालक मकवानपुर धियाल–९ बस्ने वर्ष ४४ का चन्द्रबहादुर तिमल्सिना रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।&nbs

Read More

एसिड प्रहार गर्ने प्रहरीलाई निलम्बन गरी कारबाही, गृहमन्त्रीले भेटे घाइते

Posted on April 23, 2018 | views : 102 | चितवन - CTW

वैशाख १०, चितवन (रासस) | गृहमन्त्री रामबहादुर थापाले ट्राफिक प्रहरीको एसिड प्रहारबाट घाइते भएकी महिलाको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।  आज अपराह्न भरतपुर अस्पताल पुगेर उहाँले सो जानकारी लिनुभएको हो ।  ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक रामचन्द्र खनियाँले सोमबार भरतपु

Read More

तेजाब खन्याउने प्रहरीविरुद्ध ज्यान मुद्दा

Posted on April 23, 2018 | views : 57 | चितवन - CTW

वैशाख १० चितवन | एक महिलालाई आइतबार शरीरमा तेजाब खन्याउने प्रहरी नायब निरीक्षकविरुद्ध ज्यान मार्ने उद्योगमा आज मुद्दा दर्ता भएको छ ।  गोरखा घर भई भरतपुर महानगरपालिका– ४ त्रिचोकमा डेरा गरी बस्ने कल्पना श्रेष्ठमाथि डेरा नजिकैको चोकमा तेजाब खन्याउने दंगा नियन्त्रण गण हेटौँडा दरबन्दी भई अस्थायी ट्

Read More

प्रहरी नायब निरीक्षकद्वारा महिलामाथि एसिड आक्रमण

Posted on April 22, 2018 | views : 1275 | चितवन - CTW

वैशाख ९, चितवन | ट्राफिक प्रहरीका नायब निरीक्षक रामचन्द्र खनियाँले आज दिउँसो एक युवतीलाई एसिड छर्किएका छन् ।  पूर्वी चितवनको रत्ननगरमा कार्यरत खनियाँले आज दिउँसो ३ बजेको समयमा भरतपुर महानगरपालिका वडा नं ४, त्रिचोकमा गोरखा घर भई सोही ठाउँ डेरा गरी बस्ने २८ वर्षीया कल्पना श्रेष्ठलाई एसिड छर्किएको

Read More

ध्रुवे हात्ती मात्तियो...

Posted on April 22, 2018 | views : 260 | चितवन - CTW

वैशाख ९, चितवन | मध्यवर्तीका बासिन्दालाई त्रसित बनाउँदै आएको जंगली हात्ती ध्रुवेले गएराति पाँचवटा घर भत्काएपछि स्थानीय त्रसित बनेका छन् ।  स्थानीयवासीले उचित क्षतिपूर्तिको माग गर्दै आज दिउँसो दुई बजेदेखि साँझ ६ बजेसम्म भरतपुर–माडी–ठोरी हुलाकी सडकको प्रवेशद्वार घैलाघारीमा सडक अवरुद्ध पारेका थिए

Read More

दुर्लभ पाटे बाघ मर्यो , दुई महिनामा चार बाघ मर्यो

Posted on April 22, 2018 | views : 162 | चितवन - CTW

वैशाख ९ चितवन | चितवनको रत्ननगरस्थित सौराहा नजिकै राप्ती किनारमा फेरि आज एउटा दुर्लभ पाटेबाघ मरेको छ ।  चितवन राष्ट्रिय निकुञ्जको छेउ राप्ती किनारमा वयस्क बाघ मृत फेला परेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले जानकारी दिनुभयो । बाघ गए राति अर्को

Read More

निकुञ्जको ७० करोड आम्दानी मध्यवर्ती क्षेत्रका बासिन्दालाई

Posted on April 20, 2018 | views : 63 | चितवन - CTW

वैशाख ७ चितवन | चितवन राष्ट्रिय निकुञ्ज आसपासका क्षेत्रका बासिन्दालाई समेटेर मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति गठन भएयता निकुञ्जको आम्दानीबाट रु ७० करोडभन्दा बढी मध्यवर्ती क्षेत्रका बासिन्दाले पाएका छन् ।  निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार २०५३ सालमा समिति गठन भएपछि त्यसको दुई

Read More

नारायणगढ–मुग्लिन सडकखण्ड: सहज बन्दै जाँदा दुर्घटना पनि बढ्दै

Posted on April 20, 2018 | views : 59 | चितवन - CTW

नारायण अधिकारी/वैशाख ७ चितवन | नारायणगढ–मुग्लिन सडकखण्ड सहज बन्दै जाँदा दुर्घटना पनि बढेर गएका छन् ।  विगतका केही वर्ष यात्रुले हैरानी व्यहोर्दै आएको सो सडकको नारायणगढबाट १६ किलोमिटरसम्म ११ मिटर चांैडा र त्यस उता मुग्लिनसम्म नौ मिटर चांैडा सडक अहिले बनेको छ ।  खाल्डाखुल्डी हुँदा सवारीको गत

Read More

प्यूठान र वीरगञ्ज जान आउँदै गरेको बसलाई ट्रकले ठक्कर दियो, १३ घाइते, तीनको अवस्था गम्भीर

Posted on April 20, 2018 | views : 521 | चितवन - CTW

वैशाख ७, चितवन । काठमाडौँबाट प्यूठान र वीरगञ्ज जान आउँदै गरेका दुई यात्रुबाहक बसलाई आज बिहान नौ किलोमा विपरीत दिशाबाट जाँदै गरेको ट्रकले ठक्कर दिँदा १३ जना घाइते भएका छन् ।  घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार इच्छाकामना गाउँपालिका–६ मा

Read More

९ महिनामा सवारी दुर्घटनाका कारण चितवनमा मात्रै ९७ जनाको मृत्यु

Posted on April 16, 2018 | views : 106 | चितवन - CTW

वैशाख ३ चितवन | चालू आर्थिक वर्षको नौ महिनामा जिल्लामा दुर्घटनाका कारण ९७ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार १९५ वटा सवारी दुर्घटनामा परी मृत्यु भएको हो ।  गत वर्ष २०७३ वैशाखदेखि चैत मसान्तसम्ममा १८२ वटा सवारी दुर्घटना भएका थिए । त्यस दुर्घटनामा परी

Read More

चितवनमा दुर्घटनामा परि दुईको मृत्यु, नौ घाइते

Posted on April 15, 2018 | views : 63 | चितवन - CTW

बैशाख २, रत्ननगर | चितवनमा दुई छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । अन्य नौ जना घाइते भएका छन् ।  पूर्वी चितवनको राप्ती नगरपालिका–२ गडौलीस्थित राजमार्गमा नवलपुरबाट हेटौँडा जाँदै गरेको ना १ ज ३६०९ नम्बरको सुमो गाडी अनियन्त्रित भई सडक छेउमा पल्टिँदा एक जनाको मृत्यु भएको छ । सो दुर्घटनामा

Read More

नयाँ वर्षमा नारायणगढ मुग्लिन सडक खुल्ला

Posted on April 13, 2018 | views : 59 | चितवन - CTW

चैत ३० चितवन | सडक विस्तारको क्रममा दिउँसो यातायातका साधन रोकेर काम गरिँदै आएको नारायणगढ–मुग्लिन सडक नयाँवर्ष २०७५ को पहिलो दिन शनिबार खुल्ला रहने भएको छ ।  जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सवारी साधन बन्द गरेर काम गरिँदै आएकोमा वैशाख १ गते नयाँ वर

Read More

नयाँ वर्षमा सौराहा भरिभराउ

Posted on April 13, 2018 | views : 46 | चितवन - CTW

नारायण अधिकारी/चैत ३० चितवन | पर्यटकीय क्षेत्रमा नयाँ वर्ष भन्नेबित्तिकै अंग्रेजी नयाँ वर्षलाई लिने गरिन्थ्यो । अंग्रेजी नयाँ वर्षमा अन्तरिक र बाह्य पर्यटकले यहाँका होटल तथा रिसोर्ट भरिभराउ हुन्थे ।  पर्यटन व्यवसायीलाई पनि पर्यटक भनेपछि विदेशीमात्रै लाग्ने गथ्र्याे । अहिले अवस्था त्यस्तो छैन ।

Read More

धुलोमाटोमा रमाउने बालबालिका कलमकापीमा खेल्न थाले

Posted on April 12, 2018 | views : 64 | चितवन - CTW

नारायण ढुंगाना/चैत २९ चितवन: ‘क’बाट कमल, पानीमा फुल्ने  ‘ख’बाट खरायो, बारीमा डुल्ने  चितवनको राप्ती नगरपालिका वडा नं ९ लालपुरको डिबी इँटा उद्योगको एउटा झुप्रोमा बुधबार बालबालिका स्वर मिलाउँदै कखरा गाउँदै थिए । सामुन्ने रहेको मोबाइलमा श्रव्यदृष्य हेर्दै लय मिलाउँथे । त्रिपालमा बसेका उनीहरु

Read More

प्रवासीको सहयोगमा चितवनका बाढी प्रभावितलाई घर

Posted on April 12, 2018 | views : 46 | चितवन - CTW

चैत २९ चितवन | पश्चिम चितवनस्थित भरतपुर महानगरपालिका वडा नं २७ र २८ का बाढी प्रभावितलाई चितवन समाज जापानको सहयोगमा घर निर्माण गरिएको छ ।  जापानमा बस्ने नेपालीबाट संकलन गरी चितवन समाज जापानले रु चार लाखभन्दा बढीको लगानीमा १० वटा घर निर्माण गरी प्रभावितलाई हस्तान्तरण गरेको हो । बाँकी अपुग कामका ल

Read More