चितवनमा एक्कासी यातायात बन्द किन गरियो ?

Posted on: 14 Jan, 2017

माघ १, चितवन । दक्षिण चितवनको माडीमा वन्यजन्तुको आक्रमण नियन्त्रणको माग गर्दै स्थानीयले आज यहाँ यातायात बन्द गरेका छन् । 

इलाका प्रहरी कार्यालय माडीका अनुसार चितवन राष्ट्रिय निकुञ्जबाट जङ्गली जनावर बस्तीमा पसेर जनधनको क्षति पु¥याउँदै आएको भन्दै स्थानीयले वन्यजन्तु नियन्त्रणको माग गर्दै आज यातायात बन्द गरेका हुन् । बन्दका कारण यहाँ सवारी रोकिएको छ । 

हिजोमात्रै चितवन निकुञ्जबाट बस्तीमा पसेको हात्तीको आक्रमणबाट माडी नगरपालिका–११ खरकट्ठाका १३ वर्षीय सागर सुनारको मृत्यु भएको थियो । सोही घटनाको विषयलाई लिएर खरकठ्ठा चोकमा प्रदर्शन गर्दै स्थानीयले यातायात बन्द गरेका हुन् । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!