चितवनमा बाघको आक्रमणबाट एकको मृत्यु

Posted on: 22 Feb, 2017

फागुन ११, चितवन । पश्चिम चितवनको चित्रवन नगरपालिका–१४ दिव्यनगरमा आज बाघको आक्रमणबाट पदमपुर घर भई दिव्यनगरमा केराखेती गर्दै आएका ३५ वर्षीय भीम चापागाईंको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालयका अनुसार केराबारीमा आएको बदेल धपाउने क्रममा बाघसँग जम्काभेट भएपछि उनलाई बाघले लछारेर दुई किमी पर लगेको थियो । अपराह्न ४ बजे बाघको आक्रमणमा परेका उनको साँझ ५:३० बजे शव भेटिएको प्रहरीले जनाएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!