ट्याङ्करमा ठोक्किएर सहचालकको मृत्यु

Posted on: 24 Apr, 2017

बैशाख ११, चितवन । पूर्वी चितवनको राप्ती नगरपालिकास्थित पिप्लेमा तेल बोक्ने ट्याङ्कर ब्याक गर्ने क्रममा ठोक्किएर गम्भीर घाइते भएका एक जनाको मृत्यु भएको छ । 

यसरी मृत्यु हुनेमा सोही ट्याङ्करका सहचालक बारा अमलेखगञ्जका १४ वर्षीय पुनय शाह रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 

उनको उपचारका क्रममा गएराति करिब ९ बजेको समयमा कलेज अफ मेडिकल साइन्सेस भरतपुरमा मृत्यु भएको चितवन प्रहरीले जनाएको छ । 

उनको शवलाई अहिले परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ । ट्याङ्कर चालक भने पूर्वी चितवनस्थित भण्डारा प्रहरीको नियन्त्रणमा रहेका छन् । 

यता चितवनको नारायणी नदीमा डुबेर आइतबार एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार नारायणी नदीमा पौडी खेल्ने क्रममा डुबेर दाङका अन्दाजी १७÷१८ वर्षका जङ्गबहादुर बगडीको मृत्यु भएको प्रहरीले जनाएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!