चितवनमा विद्यार्थी समूहबीच झडप हुँदा दुई जना घाइते

Posted on: 25 Apr, 2017

बैशाख १२, चितवन । कृषि तथा वन विज्ञान विवि रामपुरमा दुई विद्यार्थी समूहबीच झडप हुँदा दुई जना घाइते भएका छन् । 

अनेरास्ववियुक्रान्तिकारी) र अनेरास्ववियुबीच आज बिहान १०.३० बजे छात्रावासको भोजनालयमा खाना खाने क्रममा विद्यार्थीबीच झडप भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 

झडपमा परी घाइते हुनेमा अनेरास्ववियुका चिरन्जीवी पन्त र अर्का एक जना रहेको र उनीहरुलाई उपचारका लागि भरतपुरका पठाइएको छ । केही दिन अगाडि कलेजमा लगाइने टिसर्टका विषयमा उनीहरुबीच विवाद भएको थियो । आज बिहान झडप भएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिएको थियो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!