चितवनमा पोखरीमा डुबेर वृद्धको मृत्यु

Posted on: 18 Aug, 2017

 भदौ २, चितवन । जिल्लाको माडीमा गएराति पोखरीमा डुबेर एक वृद्धको मृत्यु भएको छ । 

माडी नगरपालिका–३ निवासी ७५ वर्षीय सीताराम महतोकोे घरबाट केही पर सोही वडामा रहेको पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 

रातिदेखि हराइरहेका महतोको शव आज बिहान पोखरीमा फेला परेको प्रहरीले जनाएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!