चितवनमा कैदीबन्दीको चाप बढेपछि ३० जना भीमफेदी चलान

Posted on: 15 Mar, 2018

 चैत १, चितवन | जिल्ला कारागार चितवनमा कैदीबन्दी राख्ने ठाउँको अभाव भएपछि ३० जना पुरुष कैदीबन्दीलाई भीमफेदी कारागार चलान गरिएको छ । 

कारागारका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार गर्मी बढेसँगै सुत्न र बस्न कठिन भएपछि कैदीबन्दीलाई भीमफेदी चलान गरिएको हो । 

कारागारको क्षमता २५५ जनाको भए पनि हाल ६०० कैदीबन्दी रहेका छन् । भवनमा सुत्ने बस्ने ठाउँ नभएर बाहिर राख्नु पर्ने, सुरक्षा दिन कठिन र कैदीबन्दीलाई असुविधा भएपछि ३० जना कैदीबन्दीलाई पठाइएको काफ्लेले बताउनुभयो । 

जिल्लामा गर्मी बढ्दै जाँदा रोग फैलिन सक्ने भएकाले क्षमताभन्दा साह्रै बढी कैदीबन्दी राख्न उपयुक्त नभएकाले पनि पठाउनु परेको हो । 

हाल कारागारमा पुरुष कैदी २६२, पुरुष थुनुवा २८०, महिला कैदी २१, महिला थुनुवा ३३ तथा दुई नाबालक र दुईजना नाबालिका रहेका छन् । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!