चितवनमा करेन्ट लागेर एक बालकको मृत्यु

Posted on: 16 Mar, 2018

चैत्र २ चितवन | भरतपुर महानगरपालिका– २१ रतनपुरमा आज बिहान करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा स्थानीयवासी सोमबहादुर तामाङका सात वर्षीय छोरा हिम तामाङ रहेको प्रहरीले जनाएको छ । घरबाट बाहिर खेल्ने क्रममा भूइँमा लत्रिएको विद्युतीय तारमा छुँदा करेन्ट लागेर गम्भीर घाईते भएका हिम तामाङलाई उपचारका लागि अस्पताल ल्याउदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!