चितवनमा सवारी दुर्घटना हुदा ८ जना घाइते

Posted on: 18 Mar, 2018

चैत  ४, चितवन | मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेका तीन सवारी साधन ठोक्किँदा आठ जना घाइते भएका छन् । 

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान १०:३० बजे भरतपुर महानगरपालिका–३ आँपटारी नजिक मुग्लिनतर्फबाट आउँदै गरेका सवारी ठोक्किएका थिए । प्रहरीका अनुसार बा १८च १३२२ नं को कारले ब्रेक लगाएपछि पछाडिबाट आउँदै गरेको बा १७ च५१३५ नं को स्कारपियो कारमा ठोक्किएको थियो । स्कारपियोको पछाडिबाट आउँदै गरेको ग १ ख ५९२५ नं को ट्रक स्कारपियोमा ठोक्किएर दुर्घटना भएको हो । 

दुर्घटनामा परी घाइते भएका आठ जनामध्ये सात जनाको चितवन मेडिकल कलेज र एक जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ । कार र स्कारपियोमा आउँदै गरेका यात्रु निजामती कर्मचारी युनियन (संघ)को महाधिवेशनमा सहभागी हुनआएका प्रतिनिधि हुन् । ट्रकका चालक र सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!