नारायणगढ मुग्लिन सडकखण्ड अवरुद्ध

Posted on: 16 Aug, 2018

साउन ३१, चितवन | नारायणगढ मुग्लिन सडकखण्ड पहिरोका कारण अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–५ कालीखोलामा पहिरो जाँदा सडक अवरुद्ध भएको हो । 

बिहान १०:२५ बजे पहिरो गएपछि सवारी आवागमन रोकिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पहिरो पन्छाउनका लागि अझै तीन घण्टा लाग्ने प्रहरीले जनाएको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!