चितवनमा टिपरको ठक्करबाट बालकको मृत्यु

Posted on: 18 Nov, 2018

मङ्सिर २, चितवन । भरतपुर महानगरपालिका–६ ब्रम्हदेव चोकमा आज बिहान टिपरको ठक्करबाट एक बालकको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय गीतानगरले दिएको जानकारीअनुसार मृत्यु हुनेमा भारत घर भई हाल भरतपुर महानगरपालिका–१५ लामिछाने चोकमा डेरा गरी बस्ने महमद आलमका अन्दाजी चार वर्षीय छोरा अहिल आलम रहेका छन् । 

बाबु छोरा पटिहानीतर्फ साइकलमा जाँदै गर्दा विपरीत दिशाबाट आउँदै गरेको ना५ख ६९९८ नंको टिपरले साइकललाई ठक्कर दिएको थियो । टिपरको ठक्करबाट गम्भीर घाइते बालकको उपचारका लागि अस्पतालतर्फ ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । साइकल चालक बाबु आलम सामान्य रहनुभएको छ । 

ठक्कर दिने टिपर र चालक प्रहरीको नियन्त्रणमा रहेको छ । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!