चितवनमा दुई वटा बस एकापसमा ठोक्किँदा २० जना घाइते

Posted on: 22 Jun, 2019

असार ७, चितवन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ भतेरीमा आज दुई बस एकापसमा ठोक्किँदा २० जना घाइते भएका छन् । 

जिल्ला प्रहरी कार्यालयका अनुसार काठमाडौँबाट बर्दियाको गुलरियातर्फ आउँदै गरेको ना७ख ९०७ नं को बस र महोत्तरीबाट काठमाडौँतर्फ जाँदै गरेको ना५ख ३०९९ नं को बस आपसमा ठोक्किएका हुन् । घाइतेमध्ये चार जनाको भरतपुर अस्पतालमा तथा अन्यको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!