निकिता मार्फत रविले भने 'प्रहरीले मलाई ५ बर्षनै थुन्ने नियत देखायो'

Posted on: 21 Aug, 2019

भदौ ४, चितवन | शालिकराम पुडासैनी मृत्यु प्रकरणमा पक्राउ परेका पत्रकार रवि लामिछानेले आफू प्रहरीभित्रै असुरक्षित रहेको बताएको निकिताको फेसबुक मार्फत सार्वजनिक भएको छ । 

बुधबार साँझ रविकि श्रीमती निकिता पौडेलको फेसबुकमार्फत् लामिछानेले लेखेको स्टाटसमा रविले असुरक्षित रहेको बताएका हुन् । तर निकिताले अपडेट गरेको उक्त स्टाटस केहीबेरमा निकिताको वालबाट हटाइएको छ । निकैताले स्टाटस हटाए पनि उक्त स्टाटस कयौं फेसबुकबाट सार्वजनिक भएका छन् । 

स्टाटसमा उल्लेख भए अनुसार रविले निकिता मार्फत भनेका छन् 'प्रहरीले मलाई ५ बर्षनै थुन्ने नियत देखाएको हुँदा देश तथा विदेशमा रहनु भएका मेरा सम्पूर्ण शुभचिन्तकहरुलाई म के भन्न चाहन्छु भने मलाई हिरासतबाट निकालेको ५ मिनेटभित्रै यो घटनामा मेरो कहि-कतै संग्लनता छैन भनेर म प्रमाणित गर्न सक्छु ।' 

शालिकराम पुडासैनीको मोबाइलमा भेटिएको भिडियो सुसाइड नोटमा रवि लामिछाने अर्का पत्रकार युवराज कँडेल र अस्मिता कार्की नाम उल्लेख गरेको भिडियो बाहिरिएपछि प्रहरीले उनीहरू तीनै जनालाई साउन ३० गते पक्राउ गरेको थियो ।

चितवन जिल्ला अदालतले उनीहरू तीनै जनाको नाममा पक्राउ पूर्जी जारी गरेपछि पक्राउ सुरुमा ५ दिनको हिरासतमा रहेका थिए। अदालतले पुनः थप ५ दिन प्रहरी हिरासतमा नै राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

रविकी श्रीमती पौडेलले आजै महानगरीय अपराध महाशाखा टेकु पुगेर प्रहरीसँग भएको पुडासैनीको भिडियो सुसाइड नोट अनधिकृत रुपमा बाहिर पुर्‍याएको भन्दै विद्युतीय कारोबार ऐनमार्फत् सजाय मागदाबी गर्दै उजुरी गरेकी थिइन् । तर प्रहरीले सो उजुरी दर्ता गरेको छैन ।  


यस बिषयमा तपाइको प्रतिक्रिया...!