चितवनमा ट्याङकरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

Posted on: 10 Jan, 2020

पुस २५, चितवन | चितवनमा ट्याङकरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ |  मोटरसाइकलमा सवार गोरखाको भिमसेन थापा गाँउपालिका-४ का ३५ वर्षीय इन्द्रबहादुर तामाङ र सोही ठाँउका २५ वर्षीय सुगम तामाङको मृत्यु भएको छ |

राप्ती नगरपालिका-६ हर्दीमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश नम्बरको ३–०२–००५ प ४३४७ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको ना ७ ख ४६६० नम्बरको ट्याङकरले बिहीबार राति ठक्कर दिएको प्रहरीले जनाएको छ |

प्रहरीका अनुसार ठक्करबाट गम्भीर घाइते दुबै जनाको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको  हो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!