‘पूर्वीय कुलबारी’ प्रजातिको नयाँ चरा चितवनमा भेटियो

Posted on: 21 Feb, 2020

फागुन ९, चितवन | चितवन राष्ट्रिय निकुञ्जमा ‘पूर्वीय कुलबारी’ प्रजातिको नयाँ चरा भेटिएको छ । बर्ड एजुकेशन सोसाइटी चितवनका पूर्वअध्यक्ष एवं चराविद् वासु विडारीका अनुसार सोसाइटीका सदस्य राजु तामाङले निकुञ्जमा बिहीबार सो प्रजातिको चरा भेट्नुभएको हो । 

जाडो छल्नका लागि मङ्गोलिया, जापानलगायतका देशबाट भारत हुँदै यो चरा नेपालमा आउने गरेको विडारीले बताउनुभयो । छिपछिपे पानीमा पाइने पूर्वीय कुलबारी चरा नेपालको कोशी टप्पु तथा पश्चिम नेपालमा भेटिएको भए पनि चितवनमो पहिलोपटक भेटिएको उहाँले बताउनुभयो । 

सो चरा जाडो छल्न नेपाल आउने गरेको भए पनि अण्डा पार्न र बच्चा कोरल्न भने मङ्गोलिया तथा जापान नै पुग्ने बताइएको छ । नयाँ प्रजातिको चरासँगै चितवन राष्ट्रिय निकुञ्जमा पाइने चराको प्रजाति ६४१ पुगेको छ । नेपालमा भने ८८७ प्रजातिका चरा पाइने गर्दछ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!