समाज | चितवन - CTW


आमा बनिन् नायिका प्रियंका कार्की

Posted on September 22, 2021 | views : 21861 | चितवन - CTW

असोज ६, काठमाडौं। नायिका प्रियंका कार्की आमा बनेकी छन्। प्रियंकाले छोरीलाई जन्म दिएकी हुन्। सामाजिक संजालमा तस्वीर पोष्ट गर्दै प्रियंकाले आफू आमा बनेको उल्लेख गरेकी छन्। प्रियंकाले यो सुन्दर संसारमा छोरी आयंका कार्कीलाई स्वागत छ भनेर लेखेकी छन्। तस्वीरमा प्रियंका र आयुष्मान देशराज जोशी खुशी देखिएका

Read More

पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध

Posted on September 22, 2021 | views : 999 | चितवन - CTW

असोज ६, चितवन | चितवनको इच्छाकामनामा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–४ घोप्टेभिरमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो । गए राति ११:४५ बजे पहिरो खसेपछि राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बिहानैबाट पहिरो पन्छाउने काम सुरु गरिएको जनाइएको

Read More

चितवनमा हत्या आरोपीलाई नियन्त्रणमा लिन खोज्दा झडप, पाँच प्रहरी र स्थानीय घाइते

Posted on September 18, 2021 | views : 1116 | चितवन - CTW

न्युज कारखाना | असोज २, चितवन | पूर्वी चितवनको राप्तीमा शुक्रबार राती एक पुरुषको हत्या भएको छ । राप्ती नगरपालिका–९ शितलपानीका ५९ वर्षीइ कान्छा लामाको हत्या भएको हो । लामाको हत्या आरोपी छिमेकी ५० वर्षीय दशरथ मल्ललाई नियन्त्रणमा लिने क्रममा प्रहरी र स्थानीयबीच झडप भएको छ । झडप हुँदा प्रहरी निरीक्षक रो

Read More

चितवन मेडिकल कलेजमा एमबिबिएस अध्ययनरत विद्यार्थी ३ सातादेखि सम्पर्कविहीन

Posted on September 03, 2021 | views : 1263 | चितवन - CTW

भदौ १८, चितवन । चितवन मेडिकल कलेजमा एमबिबिएस अन्तिम वर्षमा अध्ययनरत प्रवीन बस्नेत झन्डै दुई सातादेखि सम्पर्कविहीन भएका छन् । भदौ २ गते बुधवार अपराह्न ४ बजेतिर साथीहरुसंग  चिया खाएर आउँछु भनेर डेराबाट हिंडेका सुर्खेत घर भएका बस्नेत हालसम्म पनि सम्पर्कमा नआएको बस्नेतका भिनाजु टेकराज थापाले बताए ।

Read More

विश्व हात्ती दिवस : वन र वयन्जन्तुको संरक्षण गर्दैछ हात्ती

Posted on August 12, 2021 | views : 1250 | चितवन - CTW

नारायण अधिकारी । साउन २८, चितवन । पर्यटकलाई वनजङ्गल घुमाउने हात्ती आफैले वन र वन्यजन्तुको संरक्षणमा भूमिका खेल्दै आएको छ । जङ्गलको जनावर भएर पनि वनपाखा, खोला जङ्घारमा सहज पुग्नसक्ने क्षमताका कारण संरक्षणमा यसको प्रयोग हुँदै आएको हो ।  त्यसो त यसलाई राणाहरुले सिकार खेल्नसमेत प्रयोग गरे । नेपालका

Read More

भरतपुर–भैरहवा उडान भर्दै बुद्ध एयर

Posted on August 05, 2021 | views : 1139 | चितवन - CTW

साउन २१, चितवन (रासस)। बुद्ध एयरले यही साउन ३१ देखि भरतपुर–भैरहवा उडान शुरुआत गर्ने भएको छ । कम्पनीका भरतपुर शाखा प्रबन्धक भक्तबहादुर बस्नेतले हप्तामा आइतबार, बुधबार र शुक्रबार दिउँसो १२:५५ बजे तीन  उडान गर्न लागेको जानकारी दिनुभयो ।  उहाँले भन्नुभयो, “पर्यटकीय नगरीसँग हवाई उडान जोड्नका ला

Read More

कोरोना सङ्क्रमितले भरिए भरतपुर अस्पताल

Posted on August 01, 2021 | views : 1195 | चितवन - CTW

साउन १७, चितवन | भरतपुर अस्पतालमा कोरोना सङ्क्रमणका बिरामीको चाप बढेको छ । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा अस्पतालमा उपचार गर्न आउनेको सङ्ख्या पनि बढेको हो । सङ्घीय अस्पताल भरतपुरमा कोरोना सङ्क्रमण भएका बिरामीको निःशुल्क उपचार हुन्छ । अस्पतालमा कोभिड सङ्क्रमितको उपचारका लागि छुट्याइए

Read More

चितवनमा ९३ हजार बढीले लगाए कोरोनाविरुद्धको खोप

Posted on July 24, 2021 | views : 1231 | चितवन - CTW

साउन ९, चितवन (रासस) । जिल्लामा ९३ हजार बढीले कोरोनाविरुद्धको पहिलो मात्रा खोप लगाएका छन् । दुई वटा फरक फरक कम्पनीका गरी ९३ हजार ३७२ ले खोप लगाएका हुन् । तीमध्ये २३ हजार ९३८ ले दोस्रो डोज लगाइसकेका छन् ।  स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपकप्रसाद तिवारीका अनुसार जिल्लामा गत माघबाट खोप अभियान

Read More

चितवनमा आजदेखि खोप अभियान शुरु

Posted on July 16, 2021 | views : 967 | चितवन - CTW

साउन १, चितवन (रासस)। जिल्लामा आजदेखि कोरोनाविरुद्धको खोप अभियान सञ्चालन गरिएको छ । जिल्लाका सबै पालिकामा यो अभियान सञ्चालन गरिएको हो । स्वास्थ्य कार्यालय चितवनका अनुसार ५५ वर्षमाथिका सबै नागरिकलाई आज र भोलि यो खोप दिइने छ । नागरिकता वा अन्य परिचय खुल्ने सरकारी कागजात लिएर आउनेलाई खोप लगाइने छ । यही

Read More

पक्राउ परेका छुट्न थालेपछि संरक्षणकर्मीको चिन्ता

Posted on July 16, 2021 | views : 971 | चितवन - CTW

साउन १, चितवन (रासस)। अदालतबाट तस्कर छुट्न थालेपछि संरक्षणकर्मीहरूले चिन्ता व्यक्त गरेका छन् । अदालतबाट सामान्य धरौटीमा अभियुक्त धमाधम छुट्न थालेपछि चितवनका मध्यवर्ती सामुदायिक वन र सरोकारवाला निकायले चिन्ता प्रकट गरेका हुन् । सामुदायिक वन र सरोकारवाला निकायका अध्यक्षहरुले संयुक्त विज्ञप्ति जारी गर्

Read More

नारायणगढ–मुग्लिन सडक अवरुद्ध

Posted on July 12, 2021 | views : 1284 | चितवन - CTW

असार २८, मुग्लिन (रासस) : पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध बनेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार यस सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–६ कालीखोलामा सुक्खा पहिरो खसेपछि बिहान ४ः४५ बजेदेखि सडक दुईतर्फी अवरुद्ध बनेको हो ।  अहिले पनि पहिरो खसिरहेको जिल्ला प्रहरी कार्या

Read More

सुजिता भण्डारी मृत्यु प्रकरणमा एक सयभन्दा बढीसँग सोधपुछ

Posted on July 08, 2021 | views : 1367 | चितवन - CTW

असार २४, चितवन (रासस)। पूर्वी चितवनको राप्ती नगरपालिका–३ की सुजिता भण्डारी मृत्यु प्रकरणमा प्रहरीले एक सयभन्दा बढी व्यक्तिसँग सोधपुछ गरेको छ । असार ११ गतेदेखि हराइरहेकी उनको नजिकैको सामुदायिक वनमा असार २० गते शव भेटिएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी शङ्का

Read More

सुजिता भण्डारी प्रकरण सेलाउन नपाउंदै चितवनमै अर्की युवती बेपत्ता, प्रेमी पक्राउ

Posted on July 07, 2021 | views : 2747 | चितवन - CTW

असार २३, चितवन । पूर्वी चितवनको राप्ती नगरपालिका–३ की सुजिता भण्डारी मृत अवस्थामा भेटिएको घटना सेलाउन नपाउंदै पूर्वी नवलपरासीबाट एक युवती हराएकी छिन् । पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका–४ की २१ वर्षीया बिना सापकोटा असार १४ गतेदेखि बेपत्ता भएकि उनको परिवारले जनाएको छ । परिवारको उजुरीका आधारमा प्रह

Read More

स्थानीयवासीसँगको झडपमा आठ प्रहरी घाइते, कफ्र्यु जारी

Posted on July 06, 2021 | views : 1469 | चितवन - CTW

 असार २२, चितवन (रासस) । सुजाता भण्डारी मृत्यु प्रकरणमा स्थानीयसँग झडप हुँदा आठ प्रहरी घाइते भएका छन् भने प्रशासनले उक्त क्षेत्रमा कफ्र्यु आदेश जारी गरेको छ । पूर्वी चितवनको राप्ती नगरपालिकाभित्र पर्ने राजमार्ग र आसपासका क्षेत्रमा कफ्र्यु आदेश जारी गरिएको हो ।  प्रमुख जिल्ला अधिकारी प

Read More

चितवनमा दुर्घटना हुँदा एकको मृत्यु, तीन जना घाइते

Posted on July 04, 2021 | views : 1292 | चितवन - CTW

असार २०, चितवन (रासस) । भरतपुर महानगरपालिका–१ आँपटारीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । नारायणगढबाट लमजुङतर्फ जाँदै गरेको न१ख ९७५६ नम्बरको ट्रकले विपरीत दिशाबाट आइरहेका प्रदेश ३–००३ प ३५४३ र प्रदेश २–०३–००७ प ७१९६ नम्बरका स्कुटरलाई ठक्कर दिँदा दुर्घटना भएको हो । जि

Read More

चितवनमा एक पुरुषको शव फेला

Posted on July 03, 2021 | views : 1067 | चितवन - CTW

असार १९, चितवन (रासस) । पूर्वी चितवनमा आज बिहान एक पुरुषको शव फेला परेको छ । अन्दाजी ४५ वर्षको व्यक्ति आज बिहान मृतावस्थामा भेटिएको इलाका प्रहरी कार्यालय टाँडीले जनाएको छ ।  प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा नदीले बगाएर ल्याएको जस्तो देखिने मङ्गोलियन

Read More

नारायणगढ–मुग्लिन सडकमा तीन दिन देखि पहिरै पहिरा

Posted on July 03, 2021 | views : 1519 | चितवन - CTW

असार १९, चितवन (रासस) । निरन्तरको वर्षासँगै पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक खण्ड तीन दिनदेखि अवरुद्ध हुँदै आएको छ । बिहिबार र शुक्रबार केही समय सडक खुलाउन सकिएपनि अन्य समय पहिराले सडक अवरुद्ध रहेको हो । डिभिजन सडक कार्यालय चितवनका सूचना अधिकारी इञ्जिनीयर शिव खनालका अनुसार सडकको सेती दोभान, चार

Read More

नारायणगढ–मुग्लिन सडकखण्ड फेरि अवरुद्ध

Posted on July 02, 2021 | views : 1407 | चितवन - CTW

असार १८, चितवन (रासस) । नारायणगढ–मुग्लिन सडकखण्डको दुई स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ पाँचकिलो र चार किलोमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान ५ः३० बजे पहिरो खसेको सूचना आएसँगै त्यसतर्फ प्रहरी परिचालन गरिएको छ । पहिरो पन

Read More

निउरो टिप्न जाँदा ...

Posted on June 22, 2021 | views : 1916 | चितवन - CTW

 असार ८, भरतपुर (रासस) । जनकौली मध्यवर्ती सामुदायिक वन क्षेत्रमा निउरो टिप्न गएका समयमा बाघको आक्रमणबाट सोमबार एक महिलाको ज्यान गएको  छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका –५ मगरटोलकी ३२ वर्षीया गीता अधिकारी छिन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आफ्नो घर नजिकै रहेको सो वन क्षेत्र

Read More

ट्रकले प्रहरीको गाडीलाई ठक्कर दिँंदा ६ प्रहरी घाइते

Posted on June 18, 2021 | views : 1369 | चितवन - CTW

असार ४, चितवन (रासस)  । नारायणगढ–मुग्लिन सडक खण्डमा ट्रकले प्रहरीको गाडीलाई ठक्कर दिंँदा प्रहरी उपरीक्षकसहित ६ प्रहरी घाइते भएका छन् । नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ना ६ ख ६०११ नम्बरको मालवाहक ट्रकले विपरीत दिशाबाट आउँदै गरेको जिल्ला प्रहरी कार्यालयको बा २ झ ३४७२ नम्बरको जीपलाई ठक्कर दिँ

Read More

चितवनमा छैटौँ पटक एक साताका लागि निषेधाज्ञा थप

Posted on June 17, 2021 | views : 990 | चितवन - CTW

असार ३, चितवन (रासस) । जिल्लामा कोरोना भाइरसको सङ्क्रमण बढेसँगै स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा एक साताका लागि थप गरिएको छ । जिल्ला कोभिड व्यवस्थामा केन्द्र (डिसिएमसि)को बुधबार सम्पन्न बैठकले आज रातिदेखि सकिन लागेको निषेधाज्ञा एक साताका लागि थप गरेको हो । जिल्ला प्रशासन कार्यालयले एक आदेश जारी ग

Read More

नारायणी नदी इतिहासकै उच्च विन्दुमा

Posted on June 16, 2021 | views : 1111 | चितवन - CTW

असार २, चितवन (रासस)। नारायणी नदीको सतह इतिहासकै उच्च विन्दुमा पुगेको छ । नदीको सतह गए राति १०ः५० बजे १० दशमलव ४६ मिटर पुगेको हो । सो समयमा पानीको बहाव एक करोड ६४ लाख ५५ हजार लिटर प्रतिसेकेन्ड पुगेको थियो ।  नारायणी बेसिन कार्यालय भरतपुका हाइड्रोलोजिस्ट रामविकेश रायले कार्यालयले सन् १९६२ फेब्रु

Read More

नारायणीले पार गर्यो खतराको विन्दु

Posted on June 15, 2021 | views : 1310 | चितवन - CTW

असार १, चितवन (रासस) । नारायणी नदीमा पानीको वहावले खतराको विन्दु पार गरेको छ । जिल्ला आपत्कालीन सञ्चालन केन्द्रका अनुसार अपराह्न ४ बजेदेखि पानीको वहाव बढ्दै गएको हो । निरन्तरको वर्षाका कारण नारायणीमा पानीको वहाव साँझ ८ः३० बजे ९.८७ मिटर पुगेको छ । केन्द्रका अनुसार  नदीमा पानीको वहाहव ८ मिटरभन्दा

Read More

नदी तटीय बासिन्दालाई सतर्क रहन आग्रह

Posted on June 15, 2021 | views : 1273 | चितवन - CTW

असार १, चितवन (रासस)। स्थानीय प्रशासनले नारायणी, राप्तीलगायतका नदी किनारामा रहने बासिन्दालाई विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ । जिल्ला प्रशासन कार्यालय चितवनले एक सूचना जारी गर्दै सतर्कता अपनाउन अनुरोध गरेको हो । कार्यालयका प्रशासकीय अधिकृत खेमराज पौडेलद्वारा जारी सूचनामा मौसमको समय शुरु हुन लागे

Read More

चितवनमा मोटरसाइकल दुर्घटनामा आमाको मृत्यु, छोरा घाइते

Posted on June 09, 2021 | views : 1304 | चितवन - CTW

जेठ २६, चितवन (रासस) । पूर्वी चितवनको कालिका नगरपालिकामा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उपरदाङ्गगढीबाट शक्तिखोरतर्फ आउँदै गरेको ना ३६ प २१९९ नम्बरको मोटरसाइकल कालिका–९ सुनखानीमा आफैँ अनियन्त्रित भई दुर्घटना भएको

Read More

बाँदरमुढे घटना : पीडितको पीडा उस्तै

Posted on June 06, 2021 | views : 1176 | चितवन - CTW

जेठ २३, चितवन (रासस) । सोह्र वर्ष अघि ४२ जनाको ज्यान जाने गरी माडीको बाँदरमुढेमा भएको घटनाका पीडितहरुले आफ्नो समस्या जस्ताको तस्तै रहेको गुनासो गरेका छन् । तत्कालीन विद्रोही माओवादीले यात्रुबाहक बसलाई लक्षित गरी विस्फोट गराउँदा ७५ जना घाइतेसमेत भएका थिए ।  घटना स्थलमा ३९ जनाको मृत्यु भएको थियो

Read More

चितवनमा सात दिन निषेधाज्ञा थपियो

Posted on June 02, 2021 | views : 1613 | चितवन - CTW

जेठ १९, चितवन (रासस)। जिल्लामा निषेधाज्ञाको अवधि थप भएको छ । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले आज सात दिनका लागि थप निषेधाज्ञा जारी गर्नुभएको हो । गत वैशाख १६ गतेदेखि जारी निषेधाज्ञा यही जेठ २० गते रातिसम्मका लागि जारी गरिएको थियो । थपिएसँगै यह िजेठ २७ गते रातिसम्म जिल्लामा निषेधाज्ञा जारी र

Read More

चितवनमा गैंडाको आक्रमबाट एक महिलाको मृत्यु

Posted on May 29, 2021 | views : 1062 | चितवन - CTW

जेठ १५, चितवन | गैंडाको आक्रमणबाट पूर्वी चितवनमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा कालिका नगरपालिका– १ का ५५ वर्षीया तेजकुमारी सुनार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार स्थानीय चतुर्मुखी सामुदायिक वनमा घास तथा न्यूरो खोज

Read More