समाज | चितवन - CTW


चितवनको कारागारमा बिरामी नै बिरामी

Posted on December 08, 2020 | views : 1236 | चितवन - CTW

मङ्सिर २३, चितवन । कारागार कार्यालय चितवनमा बिरामी नै बिरामी रहेका छन् । यहाँ रहेका कैदीबन्दीमध्ये १६२ जना कुनै न कुनै रोगबाट प्रभावित छन् । उपचारको सहजताका लागि अन्य जिल्लाबाट समेत उपचार गर्नुपर्ने कैदीबन्दीलाई यहाँ पठाउँदा बिरामीको सङ्ख्या धेरै भएको हो । कार्यालय प्रमुख कमलप्रसाद काप्mलेका अनुसार

Read More

बाँडेरै सकियो भरतपुर अस्पतालको जग्गा

Posted on December 07, 2020 | views : 1645 | चितवन - CTW

मङ्सिर २२, चितवन । नेपालमा एकैदिन ३९६ पालिकामा अस्पताल र सात प्रदेशमा सरुवा रोग अस्पतालको शिलान्यास भयो । त्यही क्रममा भरतपुर अस्पताल परिसरमा स्वास्थ्यमन्त्री भानुभक्त ढकालले सरुवा रोग अस्पतालको शिलान्यास गर्नुभयो ।  बोलपत्र आह्वानसमेत नगरी अस्पताल शिलान्यास गरियो तर नशाङ्कनअनुसार जग्गा भने अपु

Read More

चितवनमा छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु

Posted on December 07, 2020 | views : 1190 | चितवन - CTW

मङ्सिर २२, चितवन । पूर्वी चितवनमा आइतबार भएका फरक–फरक दुर्घटनामा प्रहरी जवानसहित दुईको मृत्यु भएको छ । मोटरसाइकललाई गाडी र ट्र्याक्टरले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो ।  जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा एक जना प्रहरी जवान सुजन न्यौपाने रहेका छन् । पूर्व पश्चिम राजम

Read More

कतार फरार भएका गैँडा तस्करीका दोषी १५ वर्षपछि पक्राउ

Posted on December 04, 2020 | views : 1396 | चितवन - CTW

मंसिर १९, चितवन | दुर्लभ एकसिङ्गे गैँडा चोरी शिकारी गरेका दोषी १५ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–२६ दिव्यनगरका ३६ वर्षीय सूर्य भन्ने सुरज चौधरी रहेका छन् । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार विसं २०६२ असारमा शिसुवाघाटपारि भालुटापुमा गैँड

Read More

चितवन कारागारबाट एक थुनुवा फरार

Posted on November 27, 2020 | views : 1563 | चितवन - CTW

मङ्सिर १२, चितवन (रासस) । कारागार कार्यालय चितवनका एक थुनुवा फरार भएका छन् । कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार जबर्जस्ती करणी मुद्दामा गएको साउन २० गतेबाट थुनामा रहेका रेशमलाल श्रेष्ठ फरार भएका हुन् । उहाँका अनुसार साँझ ५ः३० बजे कैदीबन्दी गणनाका क्रममा बन्दीको सङ्ख्या कम भएपछि खोजी गर्दा उ

Read More

त्रिशुलिमा खसेको भ्यानबाट २ जनाको शव निकालियो

Posted on November 26, 2020 | views : 1434 | चितवन - CTW

मंसिर ११, चितवन | प्युठानबाट बिरामी लिएर काठमाडौं आउँदै गर्दा त्रिशुलिमा खसेको भ्यानबाट २ जनाको शव निकालेको छ | गोताखोर टोली परिचालन गरी पिकअप भ्यानका चालक प्युठानको झिम्रुक गाउँपालिका–१ का २३ वर्षीय सूर्य केसी र एक महिलाको शव निकालिएको हो |  बिहिबार बिहान प्युठानबाट काठमाडौँ आउंदै गरेको गरेको

Read More

चितवन मेडिकल कलेजमा नवलपुरका कोरोना संक्रमितको मृत्यु

Posted on November 25, 2020 | views : 1235 | चितवन - CTW

मंसिर १०, चितवन | चितवन मेडिकल कलेजमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ | नवलपुर जिल्ला गैंडाकोट नगरपालिका ८ का ६० वर्षीय पुरुषको मृत्यु भएको हो | सवारी दुर्घटनामा परेर कात्तिक २९ गते अस्पतालमा भर्ना भएका उनको उपचारको क्रममा आज बिहान साढे ३ बजे मृत्यु भएको अस्पतालका प्रेस संयोजक डा. किशोर अधिकार

Read More

चितवनमा ग्यास बुलेटको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

Posted on November 23, 2020 | views : 1546 | चितवन - CTW

मङ्सिर ८, चितवन (रासस) । पूर्व–पश्चिम राजमार्गको राप्ती नगरपालिका–६ हर्दीस्थित राजमार्गमा आज साँझ ग्यास बुलेटको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।  भारतीय नम्बर प्लेटको ग्यास बुलेटले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना स्थानीयवासीको मृत्यु भएको हो । प्रमुख जिल्ला अधिकारी नारायणप्र

Read More

जङ्गली हात्तीको आक्रमणबाट मृत्यु

Posted on November 23, 2020 | views : 1233 | चितवन - CTW

मङ्सिर ८, चितवन । चितवन राष्ट्रिय निकुञ्जमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती नगरपालिका–१ बस्ने ५० वर्षीय आइतबहादुर चेपाङ रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आइतबार निकुञ्जभित्र घाँस काट्ने जाने क्रममा निजलाई हात्तीले आक्रमण गरेको हो । चालीस वर्षी

Read More

रु ९७ लाख चोरी गर्ने पक्राउ, ४० लाख झाडीमा

Posted on November 15, 2020 | views : 4244 | चितवन - CTW

कात्तिक ३०, चितवन | चितवन प्रहरीले रु ९७ लाख  चोरी गर्ने एक व्यक्तिलाई  पक्राउ गरेको छ ।  कालिका नगरपालिका–६ बस्ने ४० वर्षीय कविराज थापा पक्राउ परेका हुन् । उनले यही कात्तिक २७ गते भरतपुर महानगरपालिका–९ काँडाघारीस्थित रहेको एपोलो पेन्ट्स प्रालिको भवनको कोठाभित्र रहेको सेफ लकर फुटाई नग

Read More

चेपाङ विद्यार्थीका लागि भान्छाघर निर्माण

Posted on November 11, 2020 | views : 1156 | चितवन - CTW

कात्तिक २६,  मुग्लिन । हेल्पकोड नेपाल मुग्लिङले चितवनको इच्छाकामना–६ स्थित देवीभन्ज्याङ राष्ट्रिय आधारभूत विद्यालय कालिखोलामा भान्छाघर निर्माण गरिदिएको छ । मङ्गलबार एक कार्यक्रममा हेल्पकोड नेपालका कार्यक्रम निर्देशक भरत पाठकले विद्यालय  व्यवस्थापन समितिका अध्यक्ष बलबहादुर प्रजा र प्रधानाध्

Read More

भरतपुर महानगरपालिकाद्वारा २९६ छात्रालाई साइकल वितरण

Posted on November 10, 2020 | views : 1299 | चितवन - CTW

कात्तिक २५, भरतपुर । भरतपुर महानगरपालिकाले विभिन्न विद्यालयमा पढ्ने गरिब तथा जेहेन्दार छात्रालाई साइकल वितरण गरेको छ । महानगरका वडा नं १७, २४, २५, २६, २७ र २८ का १६२ जनालाई महानगर प्रमुख रेनु दाहालले सोमबार साइकल वितरण गर्नुभएको हो । भरतपुर महानगरपालिकाले पश्चिम चितवनका १३, १४, २२, २३, २४ वडाका १७ व

Read More

चितवनमा फर्जी बाबु बनाउन खोज्दा वडा अध्यक्षसहित १० जना कारवाहीको दायरामा

Posted on November 09, 2020 | views : 1404 | चितवन - CTW

कात्तिक २४, चितवन (रासस) । भरतपुर महानगरपालिका वडा नम्बर ५ का वडा अध्यक्षसहित १० जनालाई जिल्ला प्रशासन कार्यालयले कारवाहीको दायरामा ल्याएको छ । वडाध्यक्ष पदमपाणी सुवेदीसहितलाई फर्जी बुबा बनाएको भन्दै कार्यालयले कारवाहीको दायरामा ल्याएको हो । निमित्त प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनु

Read More

मोटरसाइकल चोरी गर्ने सात पक्राउ

Posted on November 09, 2020 | views : 1220 | चितवन - CTW

कात्तिक २४, चितवन । प्रहरीले जिल्लाका विभिन्न ठाउँमा मोटरसाइकल चोरी गर्ने र खरिद गर्ने सात जनालाई पक्राउ गरेको छ । मोटरसाइकल चोरी भएको उजुरी परेपछि प्रहरीले सक्रियता बढाउँदा चोरीमा संलग्न र चोरीका मोटरसाइकल खरिद गर्नेलाई प्रहरीले पक्राउ गरेको हो ।  जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पक्राउ प

Read More

अठार वर्ष गोहीसँग

Posted on November 05, 2020 | views : 796 | चितवन - CTW

कात्तिक २०, चितवन । नेपाल सरकारको अधिकृत जो चौबीसै घण्टा काममा खटिन्छ भन्दा आश्चर्य लाग्न सक्छ । त्यसमाथि पनि अधिकांश समय वन र खोलामा भीमकाय जङ्गली जनावरको वरिपरि रहेर गर्नुपर्ने काम । जोकोहीले यो काम गर्न नै सकिन्छ भन्ने कल्पनै गर्न सक्दैन तर चितवन राष्ट्रिय निकुञ्जमा १८ वर्षदेखि सहायक संरक्षण अधिक

Read More

भाले गैँडा मर्यो

Posted on November 01, 2020 | views : 1337 | चितवन - CTW

कात्तिक १६, चितवन | चितवन राष्ट्रिय निकुञ्जमा आज थप एक गैँडा मरेको छ । निकुञ्जको पश्चिमी सेक्टरको लामिचौर नजिकैको घोलमा भाले गैँडा मृतावस्थामा भेटिएको हो ।  निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार, अन्दाजी ३० देखि ३५ वर्षको गैँडा बुढो भएर मरेको हो । गैँडाको खाग र खुर सुरक्षित रहेका

Read More

कोरोना सङ्क्रमणले तीनको मृत्यु

Posted on October 23, 2020 | views : 1535 | चितवन - CTW

कात्तिक ७, चितवन | जिल्लाका दुई अस्पतालमा उपचारका क्रममा रहेका तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा दुई र भरतपुर अस्पतालमा एक सङ्क्रमितको मृत्यु भएको हो । चितवन मेडिकल कलेजमा मृत्यु हुनेमा ८४ वर्षीया महिला र ७० वर्षीय पुरुष रहेको कलेजले जनाएको छ । राप्ती नगरपालिका–५ निवासी ८४ व

Read More

चाडपर्व लक्षित उत्सव र जात्रा नगर्न निर्देशन

Posted on October 18, 2020 | views : 1319 | चितवन - CTW

कार्त्तिक २, चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले चाडपर्वलाई लक्षित गर्दै जिल्लामा हुने विभिन्न किसिमका उत्सव र जात्राहरु नगर्न निर्देशन दिएको छ ।  कोरोनाको सङ्क्रमण बढ्नसक्ने भन्दै चाडपर्व लक्षित कार्यक्रमहरु बन्द गर्न निर्देशन दिइएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताउनुभय

Read More

वडा सदस्यको कोरोना सङ्क्रमणका कारण मृत्यु

Posted on October 17, 2020 | views : 1495 | चितवन - CTW

कात्तिक १, चितवन | खैरहनी नगरपालिका वडा नम्बर १२ का वडा सदस्य ४९ वर्षीय बद्रीवहादुर पाण्डेको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । उहाँ क्यान्सर रोगबाटसमेत पीडित हुनुहुन्थ्यो ।  भरतपुर अस्पतालमा उपचारका क्रममा पाण्डेको गएराति मृत्यु भएको हो ।अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार उहाँमा

Read More

उपभोक्ता ठगी गर्ने कारवाहीमा

Posted on October 17, 2020 | views : 1330 | चितवन - CTW

कात्तिक १, चितवन | जिल्लामा उपभोक्तालाई ठगी गरेको अभियोगमा पाँचवटा व्यावसायिक प्रतिष्ठानलाई कारवाही गरिएको छ । ती संस्थालाई उपभोक्ता ठगी गरेको अभियोगमा रु ५० हजार जरिवाना सहित कारवाही गरिएको हो । वाणिज्य कार्यालय वीरगञ्ज, जिल्ला प्रशासन कार्यालय चितवन र जिल्ला प्रहरी कार्यालय चितवनको संयुक्त टोलीले

Read More

चाडपर्वसँगै चितवनका सार्वजनिक यातायातमा निगरानी

Posted on October 16, 2020 | views : 1267 | चितवन - CTW

असोज ३०, चितवन। चाडपर्व शुरु भएसँगै जिल्ला भित्रने र बाहिरनेको सङ्ख्या बढ्न थालेको छ । रोजगारीको सिलसिलामा यहाँ रहेका र अध्ययनका क्रममा जिल्ला आएका घर फर्कन शुरु गरेका छन् । अघिल्ला वर्षमा घटस्थापना अघिनै यात्रुको चहलपहल हुने भए पनि अहिले कोरोना सङ्क्रमणका कारण गरिएको लकडाउन तथा निषेधाज्ञाले यात्रुक

Read More

दुर्घटना न्यूनीकरणका लागि ‘लाइडर गन’को प्रयोग

Posted on October 16, 2020 | views : 845 | चितवन - CTW

असोज ३०, भरतपुर । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले ‘लाइडर गन’मार्फत जाँच शुरु गरेको छ । चाडपर्वमा हुनसक्ने दुर्घटना न्यूनीकरणका लागि मुख्य राजमार्ग क्षेत्रमा ‘लाइडर गन’ मार्फत जाँच शुरु गरिएको हो । जिल्लामै पहिलोपटक अत्याधुनिक लाइडर गनमार्फत जाँच शुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितव

Read More

चितवनमा कोभिड–१९ सङ्क्रमणका कारण हुने मृत्युदर उच्च

Posted on October 13, 2020 | views : 1165 | चितवन - CTW

असोज २७, चितवन । समग्र देशको तुलनामा चितवनमा कोभिड–१९ सङ्क्रमणका कारण हुने मृत्युदर उच्च पाइएको छ । अन्य जिल्लाबाट उपचारका लागि यहाँ आएर मृत्यु भएकालाई छाड्दासमेत जिल्लाको मृत्युदर १.२८ प्रतिशत पुगेको हो । स्वास्थ्य मन्त्रालयले सोमबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार नेपालमा कूल सङ्क्रमित सङ्ख्या एक ल

Read More

चार सय ४६ जनाद्वारा आँखा दान सम्झौता

Posted on October 08, 2020 | views : 1602 | चितवन - CTW

असोज २२, चितवन । विश्व दृष्टि दिवसको अवसर पारी ४४६ जनाले मरणोप्रान्त आँखा दान सम्झौता गरेका छन् । लायन्स क्लब अफ इन्टरनेशनल ३२५ वि टु एरिया नं ३ को सहकार्यमा उनीहरुले आँखाको नानी दान सम्झौता गरेका हुन् । लायन्सकर्मीले आँखा दान सम्झौता गरेको पत्र आज एक समारोहबीच लायन्स क्बलका प्रथम भाइस डिष्ट्रिक्ट ग

Read More

तीन वर्षमा वन्यजन्तुको आक्रमणबाट ३६ जनाको मृत्यु

Posted on October 07, 2020 | views : 1214 | चितवन - CTW

टेकराज पोखरेल । असोज २१,नवलपुर । चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत मध्यवर्ती क्षेत्रका बासिन्दा र वन्यजन्तुबीच द्वन्द्व घट्दै गएको छ । चितवन राष्ट्रिय निकुञ्जले उपलब्ध गराएको तथ्याङ्कानुसार यस क्षेत्रमा मानव–वन्यजन्तु द्वन्द्व घट्दै गएको हो । निकुञ्जबाट निस्कने बाघ, हात्ती, गैँडा, गोही, बँदेल, भालुलगा

Read More

मानव आक्रमण गर्ने बाघलाई निगरानी गरिँदै

Posted on October 07, 2020 | views : 1404 | चितवन - CTW

असोज २१, रत्नननगर । चितवनमा यही असोज १० र १२ गते बाघको आक्रमणबाट दुई जनाको ज्यान गयो । दुई दिनको बीचमा दुई जनाको ज्यान गएपछि यसबारे अनुसान्धान थालिएको छ । वन र वन्यजन्तुको क्षेत्रमा काम गर्दै आइरहेको राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाले कुमरोजमा मानिसलाई आक्रमण गर्ने बाघलाई क्यामेरामार्फत निगरानी

Read More

भरतपुर कारागारमा उच्च सतर्कता

Posted on October 04, 2020 | views : 1324 | चितवन - CTW

असोज १८, रत्ननगर | कोरोना भाइरसलाई मध्यनजर राख्दै भरतपुर कारागारमा उच्च सतर्कता अपनाइएको छ । क्षमताभन्दा दोब्बर बढी कैदी तथा थुनुवा रहेको र यहाँ कोरोना भाइरसको सङ्क्रमण हुन नदिन उच्च सतर्कता अपनाएको हो । चैत ११ गते सरकारले लकडाउन घोषणा गरेसँगै कारागारले कैदी तथा थुनुवाका आफन्तलाई भेटघाट बन्द गरेको छ

Read More

कोरोना सङ्क्रमित पुरुषको मृत्यु

Posted on October 04, 2020 | views : 1282 | चितवन - CTW

असोज १८, चितवन | चितवनमा एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । भरतपुर अस्पतालमा उपचाररत कालिका नगरपालिका–७ जुटपानीका ६२ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिनुभयो ।  असोज  १६ गते कोरोना सङ्क्रमणसहित उहाँ भरतपुर अस्पतालको कोभिड आइसीयूमा भर्ना

Read More