समाज | चितवन - CTW


दाहालद्वारा सौराहालगायत डुबान क्षेत्रको अवलोकन

Posted on July 12, 2020 | views : 1987 | चितवन - CTW

असार २८, चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डुबानमा परेको जिल्लाको पर्यटकीय क्षेत्र सौराहालगायतका पूर्वी चितवन क्षेत्रको आज अवलोकन गर्नुभएको छ । कालिका नगरपालिकाका विभिन्न डुबान क्षेत्र, राप्ती हुँदै दाहालले सौराहाको डुबान क्षेत्रको अवलोकन गर्नुभएको हो ।&nb

Read More

खोलाले बगाएर एकको मृत्यु

Posted on July 11, 2020 | views : 1399 | चितवन - CTW

असार २७, चितवन। माडीमा खोलाले बगाएर आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३० वर्षीय पुरुष रहेको इलाका प्रहरी कार्यालय माडीले जनाएको छ ।  दुई दिनदेखि परेको वर्षात्का कारण रिमाल खोला बढ्दा खोला तर्ने समयमा उनलाई बगाएको अनुमान गरिएको प्रहरीले जनाएको छ । खोलाले बगाएर ल्याएको अवस्थामा माडी नगरपा

Read More

पैदलयात्रीलाई ठक्कर दिँदा एकको मृत्यु

Posted on July 08, 2020 | views : 1300 | चितवन - CTW

असार २४, चितवन । भरतपुर महानगरपालिका–२९ खहरेमा पैदलयात्रीलाई सवारी साधनले ठक्कर दिँदा एक पुरुषको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुने व्यक्ति अन्दाजी २५ वर्षको रहेका छन् । उनलाई आज बिहान ३:३० बजेको समयमा नम्बर नखुलेको सवारीले ठक्कर दिएको हो । ठक्करबाट उनको घ

Read More

आफन्तले मृत्यु भनिएका बिरामी निको भएर फर्किए

Posted on July 08, 2020 | views : 1643 | चितवन - CTW

असार २४, चितवन । उपचारका क्रममा मृत्यु भएको भनिएका व्यक्ति मङ्गलबार निको भएर घर फर्किएका छन् । स्थानीय चितवन मेडिकल कलेजले उपचारमा लापरवाही गरी ती व्यक्तिको मृत्यु भएको भनी आफन्तले कलेज तोडफोड गरेका थिए ।  भरतपुर महानगरपालिका–२२ का १८ वर्षीय आशिष विक निको भएपछि मङ्गलबार अस्पतालबाट घर फर्किनुभएक

Read More

चितवन जिल्ला अदालतबाट लकडाउनमा १२५ मुद्दा फैसला

Posted on July 06, 2020 | views : 1558 | चितवन - CTW

असार २२, चितवन। लकडाउनको अवधिमा चितवन जिल्ला अदालतबाट १२५ मुद्दा फैसला भएका छन् । कोरोना सङ्क्रमणको समयमा सरकारले लकडाउन गरेसँगै अदालतमा २३० वटा मुद्दा दर्ता भएको थियो । ती फैसलाबाट ९१ जनालाई कारागार पठाइएको छ । सोही समयमा फैसलाबाट १२१ जना छुटेका छन् । अदालतका स्रेस्तेदार रुद्रमणि गिरीका अनुसार लकडा

Read More

युवकको शङ्कास्पद मृत्यु

Posted on July 03, 2020 | views : 1420 | चितवन - CTW

असार १९, चितवन। पश्चिम चितवनको शुक्रनगरमा एक युवकको शङ्कास्पद शव फेला परेको छ । बिहीबार राति करिब ११ः३५ बजे भरतपुर महानगरपालिका–२५ स्थित आफ्नै बारीमा २७ वर्षीय सञ्जय खनालको शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीका अनुसार बारीमा खनाल अचेत अवस्थामा देखेपछि परिवारले प्रहरीलाई खब

Read More

त्रिशूलीमा जीप खस्यो, खोजी कार्य जारी

Posted on July 02, 2020 | views : 1733 | चितवन - CTW

असार १८, चितवन। पृथ्वी राजमार्गको मौवाखोला नजिकैबाट जीप त्रिशूली नदीमा खसेर वेपत्ता भएको  छ । धादिङ र चितवनको सिमानामा पर्ने धादिङतर्फको सो खोलाको बाँदरेमोडबाट आज बिहान जीप नदीमा खसेको  सशस्त्र प्रहरी तालिम शिक्षालय कुरिनटारका प्रमुख सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक कालिदास धौबजीले जानकारी

Read More

चितवन आइपुग्यो सलह

Posted on June 28, 2020 | views : 1950 | चितवन - CTW

असार १४, चितवन । पूर्वी चितवनको कालिका  र खैरहनी नगरपालिकामा सलह कीरा देखिएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ चितवनका प्रमुख मेघनाथ तिमल्सेनाका अनुसार कालिका नगरपालिका–३ को दुई सय बिघा भन्ने स्थानको ९६ बिघामा र खैरहनी नगरपालिकाको पर्सामा कीरा देखिएको हो । उहाँका अन

Read More

ट्र्याक्टरको ठक्करबाट एकको मृत्यु

Posted on June 27, 2020 | views : 1473 | चितवन - CTW

असार १३, चितवन | पूर्वी चितवनको खैरहनीमा ट्र्याक्टरको ठक्करबाट आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खैरहनी नगरपालिका–४ का ५७ वर्षीय रिठ्ठे परियार रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।  कार्यालयका अनुसार परियारको आफ्नै बारीमा धान रोपाइँका लागि जोत्ने क्रममा ना७त ४४८८ नंको ट्र्याक्

Read More

आज कोरोना संक्रमित ४२ जिल्लाका, पछिल्लो २४ घण्टामा कुन जिल्लाका कति संक्रमित भेटिए ?

Posted on June 26, 2020 | views : 28219 | चितवन - CTW

असार १२, काठमाडौँ | गत २४ घण्टाना नेपालमा ५ सय ९३ जना कोरोना संक्रमित भेटिएका छन् । आज संक्रमित भएकामा १०७ जना महिला र ४८६ जना पुरुष रहेका छन् ।  योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ११ हजार सात सय ५५ पुगेको छ ।  यस्तै बितेको २४ घण्टामा ८ महिला र ४० पुरुष गरी ४८ डिस्चार्ज भएको गौतमले

Read More

लुकीछिपी नेपाल प्रवेश गरेका ३३ लाई सशस्त्रले पुर्यायो क्वारेन्टिनमा

Posted on June 24, 2020 | views : 1800 | चितवन - CTW

असार १०, मुग्लिन । कोरोना भाइरसविरुद्ध नेपाल–भारत सीमामा खटिएको सशस्त्र प्रहरीले बिनाअनुमति लुकीछिपी सीमानाकाबाट नेपाल प्रवेश गर्नेलाई नियन्त्रणमा लिई क्वारेन्टिनमा राख्ने अभियानलाई जारी राखेको छ । सशस्त्र प्रहरी बल नेपाल ३ नम्बर गढीमाई बाहिनी मुख्यालय चितवनको क्षेत्रमा पर्ने सीमानाकामा यस्तो अभियान

Read More

राप्तीमा पहिलो महिला क्वारेन्टिन

Posted on June 22, 2020 | views : 1610 | चितवन - CTW

असार ८, चितवन। जिल्लामा पहिलो पटक महिला र बालबालिकाका लागि राप्ती नगरपालिकाले छुट्टै क्वारेन्टिनको व्यवस्था गरेको छ । राप्ती–६ मा रहेको भण्डारा माविमा महिला तथा बालबालिकाका लागि छुट्टै क्वारेन्टिनको व्यवस्था गरिएको हो ।  महिलामैत्री क्वारेन्टिनको सुविधा नभएको गुनासो आइरहेको समयमा राप्ति नगरपालि

Read More

नारायणगढ–मुग्लिन सडकखण्डको पहिरो तीन दिन लगाएर पन्छाइयो

Posted on June 20, 2020 | views : 1989 | चितवन - CTW

असार ६, चितवन | नारायणगढ–मुग्लिन सडकखण्डको चारकिलोमा खसेको पहिरो तीन दिन लगाएर पन्छाइएको छ । बुधबार बिहान ४ः१५ बजे खसेको पहिरो पूर्णरुपमा पन्छाएसँगै शुक्रबार साँझदेखि दुईतर्फी सवारी सञ्चालनमा आएका छन् ।   नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी ई. शिव खनालका अनुसार केही पहिरो पन्छाउँदै

Read More

भरतपुर अस्पतालमा कोरोना सङ्क्रमित र अन्यको हिंड्ने बाटै अलग

Posted on June 15, 2020 | views : 1933 | चितवन - CTW

असार १, चितवन । सर्वसाधारण बिरामीको उपचार गर्ने भरतपुर अस्पतालमा राखिएका कोरोना सङ्क्रमित र तीनको उपचारमा संलग्नलाई आवतजावत गर्ने प्रवेशद्वार र बाटो अलग गरिएको छ । अस्पतालमा उपचार गर्न आउनेलाई सुरक्षित गर्न छुट्टै स्थानमा सङ्क्रमितलाई राखिएको छ ।  अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीर

Read More

कार्यालय आजबाट सञ्चालन: दुई सिफ्टमा सेवा

Posted on June 15, 2020 | views : 27531 | चितवन - CTW

असार १, काठमाडौँ | कार्यालय आजबाट दुई सिफ्टमा सञ्चालन हुने भएको छ । मन्त्रिपरिषद्को जेठ २८ गतेको निर्णयअनुसार आजबाट कार्यालय दुई सिफ्टमा सञ्चालन गर्न लागिएको हो । बिहान ८ बजेदेखि १ बजेसम्म पहिलो सिफ्ट र १ बजेदेखि साँझ ६ बजेसम्म दोस्रो सिफ्टमा कार्यालय सञ्चालन हुनेछन् । बन्दाबन्दीलाई केही खुकुलो बनाए

Read More

कोरोना अस्पतालका सङ्क्रमित भरतपुर अस्पताल सारिने

Posted on June 13, 2020 | views : 2672 | चितवन - CTW

जेठ ३१, चितवन। भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालको मर्मतसम्भार गर्नुपर्ने भएपछि त्यहाँका सङ्क्रमितलाई भरतपुर अस्पताल सारिने भएको छ । भरतपुर महानगरपालिकाले स्थापना गरको कोरोना अस्पतालको व्यवस्थापन वैशाख १ गतेबाट भरतपुर अस्पतालले हेर्दै आएको छ ।  भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज

Read More

भरतपुर अस्पतालमा कोरोना सङ्क्रमितको मृत्यु

Posted on June 09, 2020 | views : 1615 | चितवन - CTW

जेठ २७, चितवन। नारायणी सामुदायिक अस्पताल भरतपुरमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सोमबार साँझ भरतपुर अस्पतालमा सारिएका एक बिरामीको मृत्यु भएको छ । उनको आज बिहान ७:०५ बजे मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ । अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीका अनुसार बिहान उनको मृत्यु भएको हो । चिकि

Read More

प्रभावकारी बन्दै बालिका विकास बचत खाता कार्यक्रम

Posted on June 07, 2020 | views : 1689 | चितवन - CTW

जेठ २५, चितवन | चितवनको इच्छाकामना  गाउँपालिकामा बालिका विकास बचत खाता कार्यक्रम प्रभावकारी बन्दै गएको छ । आर्थिक वर्ष २०७५/०७६ देखि गाउँपालिकाले बालिका विकास कार्यक्रमअन्तर्गत गाउँपालिका भित्रका स्वास्थ्य संस्थामा जन्मिएका बालिकाहरुको भविष्यका लागि बालिका र अभिभावकको संयुक्त नाममा बैंकमा खाता

Read More

आज थप १६६ जनामा कोरोना संक्रमण पुष्टि, नयाँ संक्रमित कुन-कुन ठाउँका ?

Posted on May 31, 2020 | views : 30586 | चितवन - CTW

जेठ १८, काठमाडौँ | पछिल्लो २४ घन्टामा थप १६६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । नयाँ संक्रमितहरुमा पुरुषको संख्या १६२ जना र महिलाको संख्या ४ जना रहेका छन् । यससँगै कुल संक्रमितको संख्या एक हजार ५६७ पुगेको छ ।  नेपालमा हालसम्म ८ जनाको मृत्यु भएको छ भने २२० जना निको भएको स्वास्

Read More

मृत्यु भएकाको कोरोना रिपोर्ट नेगेटिभ

Posted on May 20, 2020 | views : 1869 | चितवन - CTW

जेठ ७, चितवन | उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएका एक जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार उपचारका क्रममा मृत्यु भएका ६८ वर्षीय एक वृद्ध र उपचारका क्रममा रहेकी ३२ वर्षीया एक महिलाको नतिजा नेगेटिभ आएको हो ।  परोहा नगरपालिका–८ नर्कटिया रौतहटक

Read More

शहरको भिडमा बिहान र साँझको हिँडाइ बन्द गरौँ

Posted on May 18, 2020 | views : 1832 | चितवन - CTW

जेठ ५, चितवन | लकडाउनको अवधि लम्बिँदै जाँदा बिहान र साँझ हिँड्नेको सङ्ख्या बढ्दै गएको छ । साँघुरा बाटामा समेत हिँड्नेहरूको सङ्ख्या बढेपछि जोखिम थपिएको चिकित्सकहरू बताउँछन् । मानव स्वास्थ्यका लागि व्यायाम अतिआवश्यक पर्दछ । चिकित्सकहरूले पनि बिहान बेलुकी हिँड्न सुझाव दिने गर्दछन् । यतिबेला लकडाउनका का

Read More

चौथो रिपोर्ट पनि कोरोना पोजेटिभ

Posted on May 04, 2020 | views : 1877 | चितवन - CTW

वैशाख २२, चितवन | कोभिड–१९ सङ्क्रमित पूर्वी चितवनकी महिलाको चौथो परीक्षण रिपोर्ट पनि पोजेटिभ आएको छ । हेटौँडा प्रयोगशालामा गरिएको परीक्षणमा ती महिलाको रिपोर्ट पुनः पोजेटिभ देखिएको भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिनुभयो ।  कोरोना सङ्क्रमित महिला हाल भरतपुर अस्पतालको आइसोले

Read More

६३ वर्षीया महिलाको नतिजा पुनः पोजेटिभ

Posted on April 29, 2020 | views : 2303 | चितवन - CTW

वैशाख १७, चितवन | चितवनकी कोरोना भाइरस सङ्क्रमित एक महिलाको तेस्रो पटक गरिएको पुनः कोरोना परीक्षण नतिजा पनि पोजिटिभ नै आएको छ । वैशाख १५ गते स्वाब सङ्कलन गरी पुनः परीक्षण गर्दा ६३ वर्षीया महिलाको नतिजा पुनः पोजेटिभ नै आएको हो । ती महिला हाल भरतपुर अस्पतालको आइसोलेसनकक्षमा उपचाररत हुनुहुन्छ । उहाँमा

Read More

मनकामनाका पुजारीलाई बन्दुक लिएर शिकार खेल्दै हिँडेको आरोप लागेपछि...

Posted on April 27, 2020 | views : 2393 | चितवन - CTW

वैशाख १६, गोरखा । मनकामना मन्दिरका मुल पुजारी इन्सान थापा मगरको तीन बन्दुकको इजाजत मध्ये दुई वटाको इजाजत खारेज भएको छ । सुरक्षाको लागी भनि लिएको बन्दुकले शिकार खेल्दै हिँडेको गुनासो आएपछि उनले इजाजत लिएका बन्दुकहरुको इजाजतनै खारेज गर्नुपरेको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताएका छन् । इजाजत

Read More

नेपालमा कोरोना संक्रमितहरुको अवस्था: प्रदेश, जिल्ला र लिंगको आधारमा

Posted on April 23, 2020 | views : 26693 | चितवन - CTW

वैशाख ११, काठमाडौँ | विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना संक्रमण विरुद्ध लड्ने प्रयास नेपालमा पनि जारी छ । यस क्रममा नेपालले ९ हजार ११ जनामा कोरोना संक्रमणको परीक्षण गरेको छ । जसबाट हालसम्म ४५ जनामा कोरोना भाइरस भेटिएको छ ।  नेपालमा पछिल्ला केसहरु बाहेक सुरुवाती केसहरु बिस्तारै कोरोनामुक्त

Read More

केही दिन बदलीसँगै वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

Posted on April 21, 2020 | views : 23784 | चितवन - CTW

वैशाख ९, काठमाडौँ | स्थानीय वायुका साथै पश्चिमी वायुको प्रभावका कारण आज बिहानैदेखि काठमाडौँ उपत्यकासहित देशको अधिकांश भू–भागमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आज बिहान एक बुलेटिन निकालेर विगत केही दिनदेखि नेपालमा जारी रहेको पश्चिमी वायुको प्रभा

Read More

चितवनमा कोरोना सङ्क्रमितका आफन्तको आरडिटी परीक्षण नेगेटिभ

Posted on April 19, 2020 | views : 1553 | चितवन - CTW

नारायण अधिकारी | वैशाख ७, चितवन | गत चैत ३ गते कतार एयरवेजमार्फत बेलायतबाट हङकङ हुँदै नेपाल आएका दुई जना कोरोना भाइरसका सङ्क्रमित नजिकका आफन्तको र्यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) विधिमार्फत कोरोना परीक्षण गरिएको छ । राप्ती नगरपालिकामा गरिएको परीक्षणमा सङ्क्रमितसँगै दिनहुँजसो उठबस गरेका  आठ आफ

Read More

दुई सङ्क्रमितको सम्पर्कमा आएकाहरुको खोजी गर्दै प्रशासन

Posted on April 18, 2020 | views : 1395 | चितवन - CTW

वैशाख ६, चितवन | गत चैत ३ गते कतार एयरवेजमार्फत बेलायतबाट हङकङ हुँदै नेपाल आएका दुई जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालय चितवनले उनीहरुको सम्पर्कमा आएका व्यक्तिको पहिचान शुरु गरेको छ । नेपाल आएर दुई दिन काठमाडौँको बसाइँसँगै उनीहरु चैत ५ गते यहाँ आएका थिए । राप्ती नगरपालिका–

Read More