डडेल्धुराबाट आयो पछिल्लो मत परिणाम, कसले बाजी मार्ला ?

Posted on: 09 Dec, 2017

मङ्सिर २३, डडेल्धुरा । गृहजिल्ला डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यको चुनावी प्रतिस्पर्धामा रहेका प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा जीत नजिक पुगेका छन् । 

आधाभन्दा बढी मत गणना भइसक्दा देउवाले करिव ७ हजार बढी मतले अग्रता लिइरहेका छन् । पछिल्लो मतगणनाअनुसार देउवाले १८५४५ मत प्राप्त गरेका छन् । 

देउवाका प्रतिस्पर्धी वाम गठवन्धनका साझा उम्मेदवार माओवादी नेता खगराज भट्टले ११३१६ मत प्राप्त गरेका छन् । डडेल्धुरामा ५४ हजारको हाराहारीमा मत खसेकोमा करिब ३५ हजार मत गणना भइसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

भोलि विहानसम्म अन्तिम मतपरिणाम सार्वजनिक भइसक्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!