टक्कर दिँदादिंदै अन्तत: रमेश लेखकले पनि निर्वाचन हारे, ७ नम्बरमा देउवा एक्लै

Posted on: 12 Dec, 2017

मंसिर २६, काठमाडौं | बिजयी हुने सम्भावनामा रहेका प्रत्यक्षका कांग्रेस उम्मेदवार रमेशलेखकले कंचनपुर ३ बाट निर्वाचन हारेपछी प्रत्यक्षमा देउवा एक्ला सांसद बनेका छन् । 

लेखकले सम्मानजनक हार ब्यहोरेका हुन् । नेपाली कांग्रेसका प्रभावशाली नेता मानिने लेखकले झिनो मतान्तरले चुनाव हारेका हुन् । कञ्चनपुर ३ बाट कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकले २५८ मतले वाम गठबन्धनका उम्मेदवार एमालेका दीपकप्रसाद भट्टले २६ हजार ३६४ मत ल्याएर पराजित गरे। लेखकले २६ हजार १०६ मत ल्याएका छन् । 

प्रदेश नम्बर ७ बाट प्रतिनिधिसभामा १६ सिट रहेकोमा कांग्रेसले एउटामात्र सिट जितेको छ। प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले डडेलधुराबाट चुनाव जितेका हुन्।

कुल १६ सिट रहेको यहाँ कांग्रेसको पक्षमा १ सिट मात्र हाता परेको हो । प्रधानमन्त्री देउवाले डडेल्धुरामा लेखराज भट्टलाई हराएर प्रदेश ७ मा शुन्य हुनवाट जोगाएका हुन् । प्रदेश ७ मा अब १ क्षेत्रको नतिजा मात्र आउन बाँकी छँदा मतगणना जारी छ । कैलाली –२ मा कांग्रेस उम्मेदवार मोहनसिंह राठौर २ हजार मतले पछि परेपछि उनको जितको देखिदैन । यसो हुँदा प्रदेश ७ मा प्रत्यक्षमा देउवा एक्ला सांसद हुने पक्का-पक्कि छ । अहिले मतगणना जारी रहेको कैलाली २ का उम्मेदवार मोहनसिंह राठौर निर्वाचन हुनुभन्दा केहि दिन अघि मात्र एमालेवाट कांग्रेसमा प्रवेश गरेका थिए ।

समानुपातिकमा भने सो प्रदेशमा कांग्रेसले एमालेभन्दा केही बढी मत पाएको छ । समानुपातिकको मतगणना जारी छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!