डडेल्धुरामा सवारी दुर्घटना: काङ्ग्रेसद्वारा दु:ख व्यक्त

Posted on: 23 Nov, 2018

मङ्सिर ७, काठमाडौँ (रासस) | नेपाली काङ्ग्रेसले बिहीबार साँझ भएको बस दुर्घटनाप्रति दु:ख व्यक्त गरेको छ । 

काङ्ग्रेस केन्द्रीय कार्यालयले आज एक विज्ञप्ति जारी गरी डा. के आइ सिंह राजमार्गअन्तर्गत डडेल्धुराको अमरगढी नगरपालिका–११ मा भएको दुर्घटनाप्रति दु:ख व्यक्त गरेको हो । बिहीबार साँझ विद्यालयको बस दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो भने २६ जना घाइते भएका थिए । 

यसैबीच आज दार्चुलामा मिनिबस दुर्घटना हुँदा दुई जनाको मृत्यु हुनुका साथै १९ जना घाइते भएको घटनाप्रति पनि काँग्रेसले दु:ख व्यक्त गरेको छ । काङ्ग्रेस सभापति शेरबहादुर देउवाले बस दुर्घटनामा परी मृत्यु भएकाको चीरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्नुभएको छ । साथै उक्त घटनामा परी घाइते भएकाको शीघ्र स्वास्थ्य लाभको कामना समेत गर्नुभएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!