गाङ्खेत साक्षर गाबिस घोषणा भए संगै डडेल्धुरामा साक्षर गाविसको संख्या १५

Posted on: 18 Feb, 2017

राम खडका । फागुन ०७ डडेल्धुरा । १८ गाविस र दुई वटा नगरपालिका रहेको डडेल्धुरा जिल्लामा साक्षर गाविसको संख्या १५ पुगेको छ । शुक्रबार जिल्लाको गांखेत गाविसलाई एक भब्य औपचारिक कार्यक्रमका बीच साक्षर घोषणा गरिएसँगै यो संख्या १५ पुगेको हो । ‘डडेल्धुरा जिल्लाको १५ साक्षर गाविस गांखेतको शान, साक्षर गांखेतबासीको पहिचान’ भन्ने मूल नाराका साथ एक बृहत कार्यक्रमका बीच गाविसलाई जिल्ला शिक्षा कार्यालय डडेल्धुराका जिल्ला शिक्षा अधिकारी बसन्त खत्रीद्धारा साक्षर गाबिस घोषणा गरिएको हो । नेपाल सरकार शिक्षा मन्त्रालय औपचारीक शिक्षा केन्द्रले साक्षरताका लागी तय गरेका १२ वटा मापदण्ड मध्ये गांखेत गाविसले गाविसमा रहेका १५ बर्ष देखि ६० वर्ष उमेर समूहका कुल जनसंख्या तिन हजार एक सय ३९ जना मध्ये दुई हजार ९ सय ८५ जनाले साक्षरताका लागि तोकिएको न्युनतम ७ वटा मापदण्ड पुरा गरेकाले गाविसलाई साक्षर घोषणा गरिएको हो । जिल्ला शिक्षा कार्यालय डडेल्धुरा, जिल्ला बिकास समिति, जिल्ला अनौपचारीक शिक्षा समीती र लालीगुरास सामुदायिक अध्ययन केन्द्र गाङ्खेतको संयूक्त आयोजनामा घोषणा समारोह सम्पन्न भएको लालीगुराँस सामुदायिक अध्ययन केन्द्र गाङ्खेतका अध्यक्ष टेक खडकाले बताउनु भयो ।  

घोषणा समारोहका प्रमुख अथिति जिल्ला शिक्षा कार्यालय डडेल्धुराका जिल्ला शिक्षा अधिकारी बसन्त खत्रीले डडेल्धुरा जिल्ला लगायत लालीगुरास सामुदायिक अध्ययन केन्द्र गांखेतका गाबिसको शिक्षाको बिकासका लागि आफ्नो तर्फबाट हुने काममा कहिल्यै पछि नहट्ने बताउनु भएको छ । कार्यक्रममा बिभिन्न क्षेत्रबाट गाविसलाई साक्षर गाविस बनाउन सहयोग गर्नुभएका व्यक्तित्वहरुलाई दोसल्ला ओढाएर प्रंशसापत्र सहित सम्मान गरिएका छन् । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!