गांखेतको बन्तालमा घरवारी व्यवस्थापन सम्बन्धि तालिम सम्पन्न

Posted on: 02 Mar, 2017

राम खडका । फागुन १९ गाङखेत डडेल्धुरा  । डडेल्धुराको गांखेतमा घरबारी व्यवस्थापन सम्बन्धि तालिम सम्पन्न भएको छ । गाविसको वडा नं. ८ बन्तालमा रहेको भैरब घरबारी व्यवस्थापन कृषक समूहलाई तीन दिने तालिम प्रदान गरिएको हो ।


गोठेमल, बिउबिजन, बिषादी बनाउने तरिका लगायतका कुराहरु सो समूहका कृषकहरुलाई सिकाउन ग्रामिण जलस्रोता व्यवस्थापन परियोजना(च्ख्ध्च्ःए) ले तालिमको आयोजना गरेको हो । 


तालिममा गोठेमल बनाउने तरिका, जैविक बिषादी बनाउने तरिका, घरआगनको फाहोर व्यवस्थापन, भाँडा सुकाउने चाँङ बनाउने तरिका लगायत सिकाईएको थियो । तालिमको प्रशिक्षकमा शन्तोस जोशी र प्रकाश बहादुर घर्तीमगर रहेका थिए । 


साथै आयोजकले सो कृषक समूहलाई थोपा सिंचाई सामग्री, गार्डेन पाईप, स्प्रे ट्याङ्की जस्ता सामग्री समेत बितरण गरेको छ भने काँक्रा, फर्सी, तिते करेला, टमाटर, लौका, भेडे खुर्सानी, भण्टा र घिरौलाको बिउ प्रदान गरी नर्सरी समेत निर्माण गरिएको आयोजकले जनाएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!