शौचालयसहितको बस सेवा सुरु (भाडादरसहित)

Posted on: 23 Mar, 2017


चैत १०, डडेल्धुरा । उग्रतारा सार्वजनिक यातायात समितिले डडेल्धुरा—काठमाडौँ वातावरण अनुकुलित आधुनिक सेवासहितको ‘एयर सस्पेन्सन’ एसी बस सञ्चालनमा ल्याएको छ । 

नयाँ प्रविधिसहित आरामदायी यात्राका लागि उग्रतारा यातायातले बिहीबारदेखि घटाल एयर सस्पेन्सन एसी बस सञ्चालनमा ल्याएको हो । बसभित्रै शौचालय तथा चमेनागृहको समेत व्यवस्था गरिएको छ । 

करिब आठ सय किलोमिटर दुरी रहेको डडेल्धुरा–काठमाडौँ रुटमा यस्तो सुविधासहितको बससेवा मुलुकमै पहिलो भएको उग्रतारा सार्वजनिक यातायात समितिका अध्यक्ष सन्तोष खड्काले बताए । 


आज एक कार्यक्रमका साथ ‘घटाल एयर’ सस्पेन्सन एसि बसको नेपाल यातायात राट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष विजयबहादुर स्वाँर, उग्रतारा यातायात समितिका अध्यक्ष खड्कालगायतका अतिथिले परेवा उडाइ बस सेवाको उद्घाटन गरेका छन् । बसको भाडा दुई हजार तोकिएको छ । 

डडेल्धुराबाट काठमाडौँ तथा कामठमाडौँबाट डडेल्धुराका लागि दैनिक एक/एक वटा बस छुट्ने बताइएको छ । अहिले यस्ता किसिमका छवटा बस सञ्चालनमा ल्याइएको छ । रासस


यो पनि पढ्नुहोस 

नेपालबाट ४० देशमा जान भिषा लगाईराख्नु पर्दैन  

यस बिषयमा तपाइको प्रतिक्रिया...!