नवदुर्गा गाउँपालिका डडेल्धराको २४ करोड बढीको बजेट पारित

Posted on: 15 Aug, 2017


ललित बोहरा/साउन ३१, डडेल्धुरा । नवदुर्गा गाउँपालिका डडेल्धुराको प्रथम गाउँसभाले आर्थिक २०७४/०७५ का लागी २४ करोड बढीको बजेट पारित गरेको छ । गाउँसभाले मंगबार २४ करोड २४ लाख ३८ हजार ६ सय ६२ रुपैयाँको बजेट पारित गरेका हो ।

गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष तथा प्रवत्ता पदम विष्टले प्रस्तुत गरेको बजेटबारे दफाबार छलफलपछि सर्वसम्मत रुपमा पारित भएको हो ।

गाउँपालिकामा संचालित ठूला तथा साना विकास योजना तथा कार्यक्रमलाई नतिजामा आधारित बनाउन सघन अनुगमन कार्यक्रमको थालनि गरिने, अति विपन्न महिला, दलित, अपाङ्ग, ज्येष्ट नागरिकका लागि विशेष योजना बनाइने, गाउँपालिका भित्र रहेका घरबार बिहिनहरुका लागि आवासको व्यवस्था मिलाईने बजेटमा समावेश गरिएको छ ।

यस्तै सडकहरुको स्तरोउन्नती गर्ने, गाउँपालिकाका जनताका घरघरमा स्वच्छ खानेपानीको व्यस्था गरिने, नवदुर्गालाई पलाष्टिक मुक्त गाउँपालिका घोषणा गरिने आर्थिक २०७४/०७५ को वजेटमा उल्लेख छ ।

विजुली बत्ती नपुगेका बस्तीहरुमा विजुली पु¥याइने, कृषि सडक, खानेपानीको व्यवस्था गरिने, उन्नत जातका गाई, भैँसी, बाख्रा लगायतका पशुपन्छिहरुको उत्पादनको लागि विशेष कार्यक्रम गरिने भएको छ । गाउँपालिका भित्र १५ शैयाको अस्पताल निर्माणका लागि यसै वर्षदेखी पहल गरिने जनाइएको छ ।

साथै गाउँपालिका भित्र रहेका पर्यटकीय क्षेत्रहरुको विकास गरिने, विद्यालयको गुणस्तर विस्तारमा ध्यान दिइने समेत वजेटमा समावेश गरिएको छ ।  गाउँसभाबाट चालु आर्थिक वर्षको बजेटसहित नीति र कार्यक्रम सर्वसम्मतिले पारित गरिएका थियो ।

यस्तै अजयमेरु गाउँपालिका डडेल्धुराको प्रथम गाउँसभा भोली हुने भएको छ । गाउँपालिकाको प्रथम सभा प्रद्धिस धार्मिक तथा पर्यटकीय स्थल अजयमेरुकोटमा हुने गाउँपालिका अध्यक्ष उमेशप्रसाद भट्टले जनाकारी दिएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!