भागेश्वर गाउँपालिका डडेल्धुराद्धारा निति तथा कार्यक्रम प्रस्तुत

Posted on: 01 Sep, 2017

भदौ १६, डडेलधुरा । डडेल्धुराको भागेश्वर गाउँपालिकाले आर्थिक २०७४/०७५ को निति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।

शुक्रबार गाउँपालिका कार्यालयमा एक सभाको आयोजना गरि गाउँपालिकाका उपाध्यक्ष पदम बहादुर बोहराले निति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

गाउँपालिकामा भित्रका सडकहरुको बिस्तार गर्ने, सम्भावेता अध्ययन गरि सिंचाईको बिस्तार गरिने, विद्युत् नपुगेका क्षेत्रका बस्तिहरुमा विद्युत् पु¥याउन पहल गरिने, गुणस्तरिया शिक्षामा जोड दिने, गाउँपालिकालाई यसै भित्र पूर्ण आक्षार गाउँपालिका घोषणका लागि पहल गर्ने कार्यक्रम रहेका छन् ।

गाउँपालिका भित्र १५ शैयाको अस्पाताल निर्माणका लागि पहल गर्ने, दलित असाय व्यक्तिहरुका लागि निःशुल्क स्वास्थ्य शिबिर संचालन गर्ने, गाउँपालिकाका जनताका घरघरमा स्वच्छ खानेपानीको व्यस्था गरिने आर्थिक २०७४/०७५ को निति तथा कार्यक्रममा उल्लेख छ ।

खेलकुलका लागि गाउँपालिका बिभिन्न तीन ठाउँमा खेल मैदान निर्माण गरिने, पशुपन्छिहरुको उत्पादनको लागि विशेष कार्यक्रम गरिने, वैज्ञानिक कृषि प्राणली अपानाइने भएको छ ।

साथै गाउँपालिका भित्र रहेका पर्यटकीय क्षेत्रहरुको विकास गरिने समेत निति तथा कार्यक्रममा समावेश गरिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!