डडेल्धुराका ग्रामीण सडक सञ्चालन

Posted on: 18 Sep, 2017

असोज २, डडेल्धुरा। वर्षात्का कारण अवरुद्ध भएका डडेल्धुराका ग्रामीण सडक सञ्चालन भएका छन् । वर्षात्को समयमा बिग्रिएको सडक मर्मतका साथै पहिरो हटाएपछि करिब डेढ दर्जन ग्रामीण सडक सञ्चलन भएका हुन् । 

बगरकोट शिराड, ढिमौला भद्रपुर, ढिमौला चिपुर, उग्रतारा मेलौली, अनार खोली देवललगायत डेढ दर्जन ग्रामीण सडक खुलेसँगै यातायातका सवारीसाधन सञ्चालनमा आएका छन् । वर्षात्को समयमा पहिरोका साथै सडक भत्किँदा जिल्लाका ग्रामीण सडक अवरुद्ध भएका थिए । सडक खुलेसँगै जिल्लाका सम्पूर्ण ग्रामीण सडक यातायातका सवारीसाधन सञ्चालनमा आएका छन् । 

दशैँ तिहार नजिकिएसँगै यातायातका साधन सञ्चालनमा आउँदा ग्रामीण क्षेत्रमा दैनिक उपभोग्य सामग्रीको आपूर्ति सहज हुनाका साथै स्थानीय बासिन्दालाई आवतजावत गर्न सहज भएको छ । सडक सञ्चालन भएसँगै यातायात सञ्चालनमा सहज भएको जिल्लास्थित यातायात व्यवसायीले बताएका छन् ।   रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!