प्रदेश ७ लाई १४ अर्ब २५ करोड बजेट, यस्ता छन् ९ महत्तपुर्ण योजना

Posted on: 30 May, 2018

लोकेन्द्र प्रशाद जोशी/जेठ १६, दार्चुला। सरकारले आगामी आर्थिक वर्ष २०७÷०७६ को लागि १३ खर्ब १५ अर्ब रुपैयाँको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री डा. युबराज खतिवडाले मंगलबार संसदमा प्रस्तुत गरेको बजेटमा प्रदेश ७ को लागि १४ अर्ब २५ करोड बजेट विनियोजित गरिएको छ ।

प्रदेश ७ ले ७ अर्ब ९२ करोड वित्तीय समानीकरण अनुदान पाएको छ भने सशर्त अनुदानतर्फ ६ अर्ब ३२ करोड बजेट प्राप्त गरेको हो ।

बजेटमा उल्लेख गरीएअनुसार निम्नबमोजिमका ९ ओटा ठुला तथा महत्तपुर्ण योजनाहरु प्रदेश नम्बर ७ ले प्राप्त गरेको छ ।

१) धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थलको रुपमा स्तरोन्नति गर्दै छिमेकी मुलुकहरुसम उडान सुरु गरिने उल्लेख गरिएको छ ।

२) पश्चिम सेती (कैलाली) पाण्डुल सिचाँई आयोजनाको सम्भाव्यता अध्ययन गरिनेछ ।

३) पश्चिम सेती जलविद्युत आयोजना स्वदेशी लगानी मै बनाईने ।

४) लम्की (बरेली) प्रसारण लाईनको डिपिआर सुरु गरिने ।

५) चुरे तथा भित्रि मधेशका उपत्यकाहरुलाई कृषि, व्यवसायीक तथा औद्योगिक कोरीडोरको रुपमा विकास गर्न झापाको शान्तिनगरदेखि डडेल्धुराको रुपालसम्म मदन भण्डारी राजमार्ग निर्माण गरिने ।

६) सेती राजमार्ग ( टिकापुर, लोडे, चैनपुर, ताक्लाकोट ) निर्माण एवं स्तरोन्नतीको लागि आवश्यक बजेट विनियोजन ।

७) सात नम्बर प्रदेशको सडक संरचनालाई सीमा क्षेत्रको राष्ट्रिय राजमार्गमा जोडिने गरी विस्तार गरिनेछ ।

८) वीपीनगर (खुटीया) दिपायल सडक खण्डमा सवेक्षण गरी सुरुंग मार्ग निर्माण प्रारम्भ गरिनेछ ।

९) मेची (महाकाली विद्युतीय रेलमार्ग, बुटवल, गड्डाचौकी र मेची, महाकाली, काठमाडौं लिंकमार्गको सम्भाव्यता अध्ययन र डिपिआर तयार पारिने उल्लेख गरीएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!