आठ सय वर्ष पुरानो ईतिहास बोकेको अजयमेरुकोटका लागी जनप्रतिनीधी बरदान बन्दै (तस्बिरसहित )

Posted on: 27 Aug, 2017


ललित बोहरा/भदौ ११, डडेल्धुरा । डडेल्धुरा जिल्लाको अजयमेरु गाउँपालिका स्थित ८ सय वर्ष पुरानो ईतिहासी  जयमेरुकोटका लागी त्यस क्षेत्रका जनप्रतिनीधी बरदान नै हुने भएका छन् । 

अतिक्रमणको चपेटामा परेको अजमेरुकोट क्षेत्रमा देवल, दरवार रहेको क्षेत्रमा स्थानीय बासिन्दा खेतीगर्न थालेपछि ऐतिहासिक क्षेत्रका बिभीन्न संरचनाहरु हराउन थालेका छन् । 

कोटको देवल भएको क्षेत्रको जमिन अतिक्रमण गर्दा सो क्षेत्रमा अवलोकन गर्न आउने पर्यटकलाई शास्ती हुने गरेको छ । 

दरवार क्षेत्रको जमिन अतिक्रमणका कारण राजा नागी मल्लले डोटी राज्यको संचालनका लागि ८ सय वर्ष पहिले  निर्माण गरेको कोटको मर्मत सम्भार गर्नका लागि समेत समस्या सृजना भएको छ,  भने देवलमा रहेका वहुमुल्य ढुंगाको चोरी हुन थालेको छ । 


यसैगरी कोट क्षेत्रमा रहेका ऐतिहासिक नौँला समेत जिर्ण भईसकेका छन् । पछिल्लो समयमा कोट क्षेत्र अतिक्रमणको चपेटामा पर्दा सयौ वर्ष पुरानो ईतिहास मेटिने  अवस्थामा पुगेको भन्दै चिन्ता व्यक्त गर्न थालिएको छ  ।  कोटमा रहेका वहुमुल्य  ढुंगा चोरेर स्थानिय बासिन्दा निजि घर निर्माणदेखि अन्य स्थानमा प्रयोजन गर्न थालेका छन् । यसैगरी अजयमेरुकोटमा रहेका सिलालेख समेत चोरी भईसकेको स्थानीय बासिन्दाले बताएका छन् ।

यसैगरी अजयमेरुकोटको दरवार क्षेत्रको विकासका लागि गुरुयोजना बनाईने भएको छ । वर्षेनि लाखौ रकम खर्च हुँदा पनि अजयमेरु कोटको मर्मत संभार हुनुको साटो भग्नावशेषमा परिणत हुने अवस्थामा पुगेकाले गुरुयोजना बनाईन थालिएको हो । 

अजयमेरुकोट रहेको क्षेत्र अतिक्रमण हुँदा सयौँ वर्षको ईतिहास मेटिने अवस्थामा पुगेकाले गुरुयोजना बनाएर विकास गर्ने अजयमेरु गाउँपालिका अध्यक्ष उमेशप्रसाद भट्टले बताए । 

राष्ट्रिय सम्पदा सुचिमा राख्नका लागि प्रयाप्त आधार हुँदाहुँदै पनि यो क्षेत्रको उचित प्रचारप्रसार र मर्मत सम्भार नहुँदा सयौं वर्ष ईतिहास बोकेको अजयमेरुकोट ईतिहासमा सीमित हुने भएको छ । 

त्यसैले यस्को गुरुयोजना बनाएर मर्मत सम्भार गर्न सके यो क्षेत्रमा पर्यटक भित्र्याई यहाँका स्थानीय बासिन्दाको आर्थिक स्तरमा वृद्धि हुने थियो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!