प्रसिद्ध डडेल्धुराको उग्रतारा मन्दीर

Posted on: 18 Sep, 2016


उग्रतारा मन्दीर शुदुरपश्चिमकै प्रशिद्ध धार्मैक तथा पर्यटकीय मन्दीर हो । नेपालको सुदूरपश्चिम बिकास क्षेत्रको महाकाली अञ्चलमा पर्ने डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिकामा अवस्थित उग्रतारा भगवती मन्दिर प्यागोडा शैलीमा निर्मित छ । उग्रतारा मन्दिर शुदुर पश्चिमकै ठूलो शक्तिपिठ मानिन्छ । यो मन्दिर डडेल्धुरा सदरमुकाम देखि करिब ५ किलोमीटर पश्चिमपट्टी रहेको छ । 

यो मन्दिरलाई नेपालको सूदूर पश्चिमका ९ भगवतीहरूका मन्दिरहरू मध्ये एक भगवती मन्दिरको रुपमा मानिन्छ । उग्रतारा मन्दिरको उत्पति सम्बन्धमा पौराणीक कालदेखीनै प्रमाणिक आधारमा कुनै शिलालेख नभेटिएता पनि यसको उत्पतिको किम्बदन्ति भने फरक फरक भेटीन्छ । डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिकामा पर्ने प्रसिद्ध मन्दिर, बागबजार बाट करिब ५ किलोमिटर टाढा डडेल्धुरा,देखी बैतडीसम्म जोडीएको  दसरतचन्द राजमार्गको पश्चिम पट्टीको अग्लो बिशाल तथा मनोरमणिय फाँटमा रहेको छ । मन्दीर सम्म कालोपत्रे सडक पुगेको छ । यहाँ कतैबाट ओर्लेर मन्दिरमा प्रर्वेश गर्ने मार्ग नभई प्रकृति रुपमापनी अग्लो स्थानमा नैरहेको छ।  उग्रतारा देविको दर्शन गर्न जाने भक्तजनहरुले उक्लेर जानु पर्दछ । उग्रतारा मन्दिरको उत्पति सम्बन्धमा आधीकारीक  कुनै शिलालेख नभेटिएता पनि यसको उत्पतिको किम्बदन्ति भने यस प्रकार छ । धेरै वर्ष पहीलेउग्रतारा भगवती रहेको स्थान नजिक लटाउली गाउँमा साँकि जातिको बसोबास रहेको थियो । जुनकुरा त्यँहाको हाल रहेको भु–बनोटको आकृतिबाट पनि प्रष्ट हुन्छ । हाल रहेको उग्रताराको मन्दिर वरपर तिनै लटाउलीका साँकी जातिहरुले कृषि कार्य गर्दथे । एक दिन तिनै साँकी जातिको एकजना किसान हलो जोतिरहेको अवस्थामा हलोको फालि सिलामा गढेर सिलाबाट निरन्तर रगतको धारा बगि रहेको अबस्थामा ति साँकीले रगत रोक्नको लागि अनेक प्रयत्न गर्दा रोकिएन, रगत धेरै आँउदा रगतको खोला बग्न शुरु भयो । हाल पनि यो खोला यहि मन्दिरका तलन्वा खोलाको नामले चिनिन्छ ।यसरी बग्दै रहेको रगत रोक्न तिनै किसानले खानु भनि ल्याएको मासको खिचडी सोही सिलाको फालि लागेको घाउमा लगाउँदा रगत बग्न रोकियो । 

त्यसपछि त्यस सिलालाई सुरक्षित गरी मन्दिर निर्माण गरियो ।ति किसान नै त्यहाँको पुजारी भए र तिनको सन्तानहरुले पुजारी हुँदा उग्रतारा क्षेत्रको भित्रै नचनटुक्रि भन्ने ठाउँबाट सिधै ओरालो उल्टो शरिर सुति करिब ५ किलो मिटर तल शैलेश्वर महादेव मन्दिर भित्रको सानो झ्यालबाट भित्र छिरी सकेर, अन्य परम्परागत क्रिया गरि वास्तविक गृहस्थ जीवन त्यागि भगवतिको पुजामा रहनु पर्ने प्रचलन छ । यसरी पुजारी अवतार नभएको अबस्थामा मन्दिरको बाहिरी शिला भन्दा अलि टाढा मात्र ब्राम्हणहरुले पुजा गराउने चलन छ । यिनै पुजारिको बारे अर्को किम्बदन्ती पनि छ ।एक समय उग्रतारा माताको पुजारिको वृद्ध अवस्था सम्मपनि सन्तान नभएकोले सन्तान पाँउ भन्ने आग्रह गर्दा उग्रतारा माताले पछि दुःख पाइन्छ भनी उसले सन्तानको ढिपी गरिरँहदा उनको छोरो भयो । छोरो ठुलो भएपछि पुजारिको सबै घर व्यवहार छोराले सम्हाल्थे तर एक बर्ष उग्रताराको मेला हुने अघिल्लो दिन सो गाउँमा थुप्रै पाहुनाहरु आए जो आज पनि यथावत छ । र आएका पाहुनाहरुको सत्कार गर्न त्यो गाँउको मानिसहरु आफ्नो कर्तव्य सम्झन्छन । सोही हुनाले आधा रातमा पाहुनाकै सत्कारमा ति बृद्धाको छोरा बुहारीको समय वितेको र त्यस अबधिमा आफ्नो कुनै वास्ता नगरेकोले बृद्धा पुर्ण आक्रोसको साथ रातिनै उग्रतारा मन्दिरमा गई पुकार गरी हजुरको दरबारबाट प्राप्त छोरा नष्ट होस भन्दा भोलिपल्ट मेलाको दिनको ठिक १२ बजे तिनको छोरोको मृत्यु भएको किम्बदन्ति सुन्न पाइन्छ । यसै प्रकार उग्रताराको महिमा बारे अर्को किम्बदन्ती पनि छ ।

यस उग्रतारा भगवती मन्दिरमा कार्तिक शुक्ल पुर्णिामाको दिन महापुजा तथा ठूलो जात्रा लाग्ने गर्दछ । कार्तिक शुक्ल पुर्णिमा मा लाग्ने प्रसिद्ध मेला देइजातमा प्राचिनकालमा गर्खा, गर्खा बाट लडाकुहरुले आ–आफ्नो विरता साथ लडाई हुँदा रगतको खोला बग्ने जसलाई यँहा न्वाखोलाको रुपमा नामकरण गरिएको छ । यँहा कार्तिक शुक्ल पर्णिमाको दिन जिल्ला भरि बाट मात्र नभई दार्चुला, बैतडी, बझांड, डोटी र तराइका कैलाली र कञ्चनपुर लगायतका अन्य बिभिन्न शहरहरु बाट समेत मेला भर्न आउने गर्दछन । यस उग्रतारा मेलापछि चिस्यान सुरु भई हिँउद लाग्ने हुँदा डडेल्धुरा बासिको कृषि कार्यबाट फुर्सदका दिनहरु आँउछन । खनमडा, छचोडा, दमडा, र जिलोडामा भन्डार रहेको उग्रतारा मन्दिरमा यिनै ठाँउबाट देउरो पनि आउछ । यस मन्दिरमा देउरो आउनु अघि चतुर्दशिको राति रत्यौली मनाउने, मन्दिर पुग्नु अगाडी लटाउली, लगायत खनमडा, जिलोडा र दमडामा साँस्कृतिक झलकका साथ खेल र जात्रा गरि देउरो उग्रतारामा लगीने गौरवमय परम्परा आफैमा रोमान्चक छ । स्थानीय भासामा देहीजाँतका नामले चीनीने उत्तमेलामा १५लाखजती भत्तजन तथा दर्शक आउने अनुमान गरीएको छ ।उत्तमेला मा १करोड ५० लाख बराबरको आर्थीक कारोबारहुने गर्दछ ।

ब्यापारका लागी डडेल्धुरा, बैतडी, डोटी, कैलाली, कन्चनपुर लगायत भारतको कुमाउ क्षेत्रबाउ समेत ब्यापार गर्न ब्यापारी हरु आउछने गर्दछन यहाँ मुख्य ब्यापारका रुपमा होटेलमा जेरी, मीठाइ, चाउमी, समैसा, पकौडा, मासुका बिभीन्न परीकार,अन्य किरानाका सामानहरु,स्थानीय उत्पादनहरुमा अदुवा, बेसार,तिल, कोदो फलफुलमा सुन्तला, मौसमी, कागती ओखर, स्याउ, केरा, अनार लगायल अन्यस्थानीय उत्पादन हरु समेत बिक्रृीबाट ब्यापारीले मनज्ञ आमदानीगर्ने गर्दछन ।


त्यसैले जहाँ पर्यटनको विकास हुन्छ, त्यहाँ आर्थिक उन्नतीले गतीलो मार्ग प्राप्त गर्छ । कुनैपनि ठाँउ र क्षेत्रको अर्थतन्त्रलाई सफल बनाउने हो भने सबै भन्दा पहिले त्यस ठाँउ को पर्यटन क्षेत्रको विकास गर्न जरुरी छ । एउटा पर्यटन कुनै ठाउँमा मनोरञ्जनका लागि होस वा त्यस क्षेत्रको अवलोकन गर्न, जुन कामले गएपनि उसलाई आवश्यक पर्ने सेवा सुविधाहरु मा रकम खर्च गर्नु पर्ने हुन्छ । उसले खर्च गरेको रकमले व्यवसायीको आर्थिक जीवनस्तरमा सुधार गर्नुका साथै सो क्षेत्रको आर्थिक उन्नतीमा समेत सहयोग पुराउने गर्दछ । त्यसैले नेपालको अर्थतन्त्रलाई पनि उच्च विन्दुमा राख्नका लागि सबै भन्दा पहिले यहाँ पर्यटन क्षेत्रको विकास गर्न जरुरी छ । - उग्रतारा ब्लग 

यस बिषयमा तपाइको प्रतिक्रिया...!