एमाले डडेल्धुराले लगायो ७ स्थानीय तहका उम्मेदवारको टुङगो

Posted on: 06 May, 2017

ललित बोहरा/बैशाख २३, डडेल्धुरा । आसन्न जेठ ३१ गते हुने स्थानीय तहको निर्वाचनको लागि नेकपा एमाले डडेल्धुराले उम्मेदवारहरुको टुङगो लगाएको छ ।

 सात वटा स्थानीय तह रहेको जिल्लामा वडाहरुका उम्मेदवार जिल्ला कमिटीले टुङगो लगाएको हो भने नगरपालिका प्रमुख तथा गाउँपालिका अध्यक्ष उम्मेदवारहरुको टुङगो प्रदेश कमिटीले लगाएको नेकपा एमाले डडेल्धुराका जिल्ला कमिटी सचिव धन बहादुर साउँदले जानकारी दिएका छन् ।

 जसमा अमरगढी नगरपालिकाको प्रमुखमा एमाले नगरकमिटी अध्यक्ष रहेका विपीन ओझा, उप–प्रमुखमा लामो समय देखी डडेल्धुरामा पत्रकारिताको क्षेत्रमा क्रियाशिल रहेकी संगीता भण्डारीको उम्मेदवारी रहेको छ ।

 यसैगरी पशुराम नगरपालीकाको प्रमुखमा चक्र प्रसाद स्नेही र  उप–प्रमुखमा कलापती भट्टराईलाई उम्मेदवार बनाएको छ । 

यस्तै अजयमेरु गाउँपालीकाको अध्यक्षमा जिल्ला सचिब धन बहादुर साउँद, उपाध्यक्षमामा शारदा विक, नबदुर्गा गाउँपालिकाको अध्यक्षमा कबिन्द्र बिष्ट, उपाध्यक्षमा जयन्ती बुढाऐर, गन्यापधुरा गाउँपालिकाको अध्यक्षमा बिरेन्द्र मल्ल, उपाध्यक्षमा कृष्णा ओझा, भागेश्वर गाउँपालिकाको अध्यक्षमा बिष्णु ठकुराठी, उपाध्यक्षमा कमला माली, र आलिताल गाउँपालिकाको अध्यक्षमा तुलाराम बोहरा, उपाध्यक्षमा हरिना बोगटीलाई उम्मेदवार बनाएको नेकपा एमाले प्रदेश कमिटीले जनाएको छ ।

 नेकपा एमाले डडेल्धुराले अन्य वडा अध्यक्ष्य, उपाध्यक्ष र सदस्यहरुको  पनि टुंगो लगाइ सकेको जनाएको छ ।  दुई नगरपालिका र पाँच गाउँपालिहरुमा महिला उम्मेदवारहरु भने उप–प्रमुख तथा उपाध्यक्षमै सिमित बनाएको छ ।

 यस्तै अन्य राजनीतीक दलहरु नेपाली काँग्रेस, माओवादी केन्द्र, राप्रपा डडेल्धुराले पनि लगभग उम्मेदवारको टुंगो लगाउन नजिक पुगेको बताएको छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!