दोश्रो चरणको निर्वाचनका लागि बिभिन्न ठाउँमा म्यादी प्रहरी खटाइयो

Posted on: 15 May, 2017

आशिष मल्ल | जेठ १, डडेल्धुरा | दोस्रो चरणको स्थानीय तहको निर्वाचन हुन एक महिना बाँकी रहदा डडेल्धुराका म्यादी प्रहरीलाई आजबाट बिभन्न प्रहरी कार्यालयमा खटाईएको छ ।

म्यादी प्रहरीमा छनोट भएकाहरुको आवश्यक तालिम सकिए पश्चात प्रहरीले उनीहरुलाई जिल्लाका बिभिन्न ठाउँमा रहेको ईलाका प्रहरी कार्यालय, प्रहरी चौकी र अस्थायी प्रहरी पोष्टमा खटाएको हो ।

यसअघि बैशाख ३१ गते नै देशैभर निर्वाचन हुने भनिएपछि एकै पटक म्यादी प्रहरी छानिएका थिए ।  तर सरकारले दोश्रो चरणमा जेठ ३१ गते प्रदेश नम्बर १, २, ५ र ७ मा चुनाव गर्ने निर्णय गरेपछि म्यादी प्रहरीमा केही अन्यौलता छाएइको थियो ।

म्यादी प्रहरीमा छानिएका चार सय ११ जना म्यादी प्रहरीहरुलाई आज मात्रै उनीहरुलाई ईलाका प्रहरी कार्यालय, प्रहरी चौकी र अस्थायी प्रहरी पोष्टमा खटाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आवश्यक तालिम सकिएपछि उनीहरुलाई प्रहरीहरुलाई शान्ति सुरक्षामा सहयोग गर्नको लागि जिल्लाका बिभिन्न ठाउँमा खटाइएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरिक्षक (डीएसपी) प्रेम बहादुर शाहीले जानकारी दिएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!