यसरि हुँदैछ डडेल्धुरामा एमाले र कांग्रेसवीच तीव्र प्रतिस्पर्धा

Posted on: 23 Jun, 2017

ललित बोहरा/असार ९, डडेल्धुरा । स्थानीय तहको निर्वाचनमा डडेल्धुरामा एमाले र कांग्रेसवीच तीव्र प्रतिस्पर्धा हुने देखीएको छ । 

पहिलो चरणको निर्वाचनमा एमाले पहिलो पार्टी भएको र एमालेले यूवा नेतालाई बिभीन्न ठाउँमा उम्मेदवार बनाएकाले काग्रेंसको किल्ला रहेको जिल्लामा एमालेले निकै प्रतिस्पर्धी हुने छ । एमाललेलाई थप हैसाला कागे्रंस भित्र उम्मेदवार छनौटमा देखीएको बिवादले दिएको छ । कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नै गृह जिल्लामा स्थानीय तह चुनावमाको सम्भावित परिणामले चुनौति थपिदिएको छ । उम्मेदवार छनोटमा उत्पन्न आन्तरिक विवाद व्यवस्थापन गर्न देउवा ११ गते नै गृह जिल्ला आउदैछन् ।

देशको शक्तिशाली प्रधानमन्त्री अनि देशकै सबैभन्दा ठूलो पार्टी कांग्रेसको कमाण्डर भएका कारण देउवाको गृहजिल्लामा सबैको चासो छ । ०४८ देखिका कुनै पनि चुनावमा देउवाले डडेल्धुरामा पराजय भोग्नुपरेको छैन । यो शाख बचाउन यसपटक भने देउवालाई निकै चुनौति हुने देखिएको छ ।

देउवाको गृह जिलल्ला भएकाले डडेल्धुरालाई कांगे्रसको किल्ला भनेर चिनिन्छ । तर, निर्वाचन आउन केही दिनमात्रै बाँकी रहँदा कांग्रेसलाई आफैंभित्रको विवाद मिलाउन हम्मेहम्मे परेको छ । टिकट वितरणमा ढिलाइ, टिकट वितरणप्रति कांग्रेस कार्यकर्ताको असन्तुष्टि र कांग्रेस भित्र देउवा गुटभित्रै दुई समूह भएका जिल्लामा कांग्रेसले प्रतिकुल अवस्थाको सामना गरिरहेको छ ।

जिल्लामा कांग्रेसको प्रतिद्वन्द्वीका रुपमा नेकपा एमालेलाई हेरिएको छ । एमालेले आफ्ना उम्मेदवारको टुङ्गो लगाएर प्रचार प्रसारमा हिँडेको एक महिनापछि मात्र कांग्रेसले टिकट वितरण गरेको थियो ।

सदरमुकाम अमरगढी नगरपालिकामा कांग्रेससमर्थक धेरै भए पनि कांग्रेसभित्रको आन्तरिक द्वन्द्वबाट एमालेलाई फाइदा पुग्न सक्ने बौद्धिक समुदायका अगुवा युवराज जोशीको बुझाई छ ।

 दुई नगरपालिका तथा ५ वटा गाउँपालिका रहेको डडेलधुरा जिल्लाको सदरमुकाम अमरगढी नगरपालिमा कुल ११ हजार ७ सय ८३ मतदाता छन् । यहाँ कांग्रेस र एमालेबीच तीव्र प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

कांग्रेसका उम्मेदवार पुराना र स्थापित, ठेकदार

अमगढी नगरपालिकाको मेयरमा दिल्लीराज जोशी र उपमेयरमा पार्वती झुकालले टिकट पाएर मनोनयन दर्ता गराएका छन । जिल्लामा विवाद भएपछि टिकटको सबै टुंगो देउवा आफैंले लगाएका थिए ।

पार्टी सभापति देउवाले टिकट वितरणमा एकलौटी गरेको भन्दै डडेलधुरामा तीन दिन नेता तथा कार्यकर्ताले विरोध प्रर्दशन समेत गरे । मनोनयन हुनुभन्दा केही दिन अगाडि मात्रै कार्यकर्ताको मुल्याङ्कन नगरी आर्थिक चलखेलमा टिकट वितरण भएको आरोप लगाउँदै कांग्रेस कार्यकर्ता विरोध प्रदर्शनमा उत्रिएका थिए ।

 लामो समयदेखि नेपाली कांग्रेसमा आवद्ध मेयरका उम्मदेवार दिल्लीराज जोशी सामाजिक अभियन्ता पनि हुन् ।

यस्तै पशुराम नगरपालीकामा निमार्ण ब्यबसायीलाई टिकट दिएपछि काग्रेस नगरसभापती एमालेमा प्रबेशले निकै चुनैती देखीए पछि देउवा त्यहाँ पनि भोट माग्न आफु नै जाने बताएको छ ।

एमालेबाट युवा नेतृत्व, कांग्रेसका पुराना स्थापीत नेता एमालेका उम्मेदवार

कांग्रेसको मुख्य प्रतिस्पर्धी मानिएको एमालेले युवा नेता विपिन ओझालाई मेयरको उम्मेदवार बनाएको छ । उपमेयरमा संगीता भण्डारीलाई अघि सारेको छ ।

अनेरास्ववियुबाट राजनीति शुरु गरेका ओझा ०६५ सालको स्ववियु चुनावमा डडेलधुरा बहुमुखी क्याम्पसबाट सभापति निर्वाचित भएका थिए । व्यवसायी समेत रहेका उनी एमालेका नगर कमिटी अध्यक्ष पनि हुन ।

यस्तै  पशुराम नगरपालीकामा नेपाली काग्रेंसका नगरसभाती तथा पूर्व गाबिस अध्यक्ष एमाललेबाट उम्मेदवार बनने पछि ठेकेदार भिम साउदलाई निकै गाहो चुनाव जितन परेको छ ।

माओवादी र राप्रपा कमजोर उम्मेदवार महिला

अमरगढी नगरपालिकामा माओवादी केन्द्रले महिलालाई मेयरको उम्मेदवार बनाएको छ । माओवादी केन्द्रका तर्फबाट शोभा भट्टले नगर प्रमुखमा उम्मेदवारी दर्ता गराएकी छिन् भने उपप्रमुखमा करुणाकर ओझाको उम्मेदवारी परेको छ ।

 यसैगरी अमरगढी नगर प्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले पनि महिला उम्मेदवार अमिता थापालाई उम्मेदवार बनाएको छ भने नगरपालिकाको उपप्रमुखमा राजेन्द्र भण्डारीले उम्मेदवारी दर्ता गरेका छन् ।

 यस्तै नयाँ शक्ति पार्टी नेपालका तर्फबाट नगर प्रमुखमा अस्मी सिनालको उम्मेदवारी परेको छ भने उपप्रमुखमा टेकराज भट्टको उम्मेदवारी रहेको छ । राष्ट्रिय जनमोर्चाका तर्फबाट नगर प्रमुखमा नरेश झुकालको उम्मेदवारी परेको छ । यसैगरी स्वतन्त्रबाट नगर प्रमुखमा नरभान पार्कीको समेत उम्मेदवारी परेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!