७ नम्बर प्रदेशका ८५ स्थानीय तहको नतिजा सार्वजनिक

Posted on: 06 Jul, 2017

असार २२, डडेल्धुरा । प्रदेश नम्बर सातामा रहेका ८८ स्थानीय तहमध्ये ८५ स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।

 सार्वननिक मतपरिणाम अनुसार नेपाली कांग्रेस र नेकपा एमालेले बराबर स्थानीय तह जितेका छन् । घोषणा भइसकेका ८५ स्थानीय तहमध्ये नेपाली कांग्रेस र नेकपा एमालेले बराबर ३७÷३७ विजयी भएका छन् । माओवादी केन्द्रले १० स्थनीय तहको जितेको छ भने एक स्थानमा नेपाल लोकतान्त्रीक फोरम विजयी भएको छ ।

 प्रदेश नम्बर ७ का ८८ स्थानीय तहमध्ये ३ स्थानीय तहको अन्तिम नतिजा आउन बाँकी रहेको छ । यसअघि दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेस सुदूरपश्चिममा पहिलो दल बनेको थियो ।

 प्रदेश नम्बर सातमा कांग्रेस र एमाले मध्ये को पहिलो दल भन्ने फैसला ३ स्थानीय तहको मतपरिणाम घोषणा भएपछि मात्रै थाहा हुनेछ ।

 मतगणना भइरहेका ३ स्थानीय तहमध्ये कैलालीको धनगढी उपमहानगरपालिका र कञ्चनपुरको भीमदत्त नगरपालिकामा कांग्रेस तथा पुनर्वास नगरपालिकामा एमालेको अग्रता छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!