निर्वाचन क्षेत्र निर्धारणमा अजयमेरु गाउँपालिका टुक्रियाएको भन्दै अध्यक्षको असहमति

Posted on: 01 Sep, 2017

ललित बोहरा/भदौ १६, डडेलधुरा । निर्वाचन क्षेत्र निर्धारण आयोगले सरकारलाई बुझाएको प्रतिवेदनमा प्रदेश सभामा आफनो गाउँपालीका टुक्रियाईएको भन्दै अजयमेरु गाउँपालिकाका अध्यक्ष उमेश प्रसाद भट्टले असहमति जनाएका छन् ।

अजयमेरु गाउँपालिकाको वडा नम्बर ५ र ६ एक निर्वाचन क्षेत्रमा समाबेश गरेको छ भने  १, २, ३, र ४ लाई समेटेर निर्वाचन क्षेत्र नं दुई निर्धारण गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोगले जनाएको छ ।

 डडेल्धुरामा प्रतिनिधि सभा निर्वाचनको लागि एक निर्वाचन क्षेत्र निर्धारण गरेका छ भने प्रदेश सभा निर्वाचनका लागी २ वटा निर्वाचन क्षेत्र निर्धारण गरिएको छ ।

परशुराम नगरपालिका, आलिताल, भागेश्वर, अजयमेरु गाउँपालिका वडा नं. ५ र ६ समावेश गरि एक क्षेत्र निर्धारण गरिएको छ, भने अमरगढी नगरपालिका, नवदुर्गा, गन्यापधुरा र अजयमेरु गाउँपालिका १ देखि ४ सम्मका वडाहरु समावेश गरि अर्को निर्वाचन क्षेत्र कायम गरिएको छ ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!