डडेल्धुरामा नयाँशक्तिले टुंग्यायो उम्मेदवारको नाम

Posted on: 09 Oct, 2017

असोज २३, डडेल्धुरा । प्रदेशसभा र प्रतिनिधि सभा निर्वाचनका लागि नयाँ शक्ति नेपाल डडेल्धुराले उम्मेदवारहरुको नाम केन्द्रमा सिफारिस गरेको छ ।

जिल्ला सदरमुकाममा सोमबार सम्पन्न पार्टीको जिल्ला सचिवालयको बैठकले प्रदेशसभा र प्रतिनिधि सभाका लागि उम्मेदवारहरुको नाम सर्वसम्मत सिफारिस

गरेको हो ।

प्रतिनिधिसभा निर्वाचनका लागि डडेल्धुराबाट नयाँ शक्तिका केन्द्रीय सदस्य प्रकाशबहादुर साउँदको नाम सिफारिस गरिएको छ । यस्तैगरी प्रतिनिधिसभाका

लागि समानुपातिकतर्फ ललिता जोरा महराको नाम केन्द्रमा पठाएको पार्टी संगठन विभाग प्रमुख लक्ष्मीकान्त पनेरुले जानकारी दिए ।

प्रदेश सभाका लागि क्षेत्र नं. १ बाट प्रत्यक्षतर्फ  मोहन कठायतका नाम सिफारिस गरिएको छ । क्षेत्र न. २ बाट लक्ष्मीकान्त पनेरुको नाम सिफारिस गरिएको नयाँ शक्ति नेपाल डडेल्धुराले जानकारी दिएको छ । 

यस्तै प्रदेश सभा समानुपातिकका टेकराज भट्ट ‘शक्ति’ र श्याम सिनालको नाम केन्द्रमा सिफारिस गरिएको पार्टी संगठन विभाग प्रमुख पनेरुले जानकारी दिएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!