राप्रपा प्रजातान्त्रिक डडेल्धुराद्वारा उम्मेदवारको नाम सिफारिस

Posted on: 11 Oct, 2017

असोज २५, डडेल्धुरा । राप्रपा प्रजातान्त्रीक डडेल्धुराले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यका लागि जिल्लाबाट उम्मेदवारको नाम सिफारिस गरेको छ ।

 जिल्ला कार्य समिति डडेल्धुराको मंगलबार सम्पन्न बैठकले प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवार छनोट गरेको हो । राप्रपा प्रजातान्त्रिक डडेल्धुराले प्रतिनिधि सभाको प्रत्यक्ष तर्फ गोबिन्द राज पन्त र खेम राज पनेरुको नाम सिफारिस गरेको छ । 

यस्तै समानुपातिक तर्फ हिक्मत सिंह साँउद, दिपाकर कुमार श्रेष्ठ र लक्ष्मण ऐरको नाम सिफरिस गरेको जिल्ला अध्यक्ष हिक्मत सिंह साँउदले जानकारी दिएका छन् ।

प्रदेश सभामा निर्वाचन क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ दिर्घराज जोशीको नाम सिफारिस गरिएको छ । समानुपातिक तर्फ हरि नाथ, बाशुदेब जोशी भागरथी चन्द र तिलक ऐरको नाम सिफारिस गरिएको छ । 

यस्तै क्षेत्र नम्बर २ बाट प्रत्यक्ष तर्फ गोविन्द खडायतको नाम सिफरिस गरिएको छ । समानुपातिक तर्फ गणेश भण्डारी, पार्वती पनेरु, तीर्थराज उप्रेती, कविता जोशी, नरबहादुर नगरकोटी, मदनराज पाण्डेय, प्रविन जैरु, कर्ण बहादुर ऐर, यज्ञबहादुर भण्डारी र खगराज बाहुनको नाम केन्द्रमा सिफारिस गरिएको जिल्ला अध्यक्ष साँउदले जानकारी दिएका छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!