डडेल्धुरामा एउटै गाउँपालिका तीन पार्टी प्रमुख चुवानी मैदानमा

Posted on: 09 Nov, 2017

ललित बोहरा/कात्तिक २३, डडेल्धुरा । आगामी मंसिर २१ गते दोस्रो चरणमा हुने प्रदेशसभा तथा प्रतिनिधिसभा चुनावका लागि डडेल्धुरामा एउटै गाउँपालिकाका तीन जना उम्मेदवार बनेका छन् ।

जिल्लाको गन्यापधुरा गाउँपालिका वडा नम्बर १ र वडा नम्बर २ बाट तीन जनाको उम्मेदवारी परेको हो । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सभापति शेरबहादुर देउवा, जिल्ला सभापति कर्ण मल्ल, र नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष डा.ताराप्रसाद जोशी एउटै गाउँपालिकाबाट चुनावी मैदानमा छन् ।


गाउँपालिकाको वडा नम्बर १ का कांग्रेस केन्द्रीय सभापति देउवा डडेल्धुराबाट प्रतिनिधिसभा निर्वाचन लड्दैछन् । 

यस्तै गाउँपालिकाका वडा नम्बर २ का कांग्रेस जिल्ला सभापति मल्ल निर्वाचन क्षेत्र ‘ख’ बाट प्रदेशसभाका लागी उम्मेदवार हुने भने नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष जोशी पनी निर्वाचन क्षेत्र ‘ख’ बाट नै प्रदेशसभा सदस्यका दाबेदार हुन् ।

टिकट पाएर १६ गते उम्मेदवारी दर्ता गरेपछि प्रदेशसभाका उम्मेदवार मल्ल र जोशी अहिले आआफ्नो पक्षमा मत बटुल्न घरदैलो कार्यक्रममा व्यस्त छन् ।

वाम गठबन्धनका उम्मेदवारहरु चुनावी प्रचारप्रसारमा गाउँ पसे पनि प्रधामनमन्त्री देउवा भने काठमाण्डाँैमै व्यस्त छन् । देउवालाई टक्कर दिन वाम गठबन्धनबाट माओवादी केन्द्रका सचिवलय सदस्य खगराज भट्ट चुनावी मैदानमा छन् ।

उम्मेदवारहरुले आफू विजयी भए विकासका कामलाई प्राथमिकता दिने घोषणा गरेका छन् । उनीहरुले आफूलाई भोट दिए सडक, खानेपानी, बिजुली, रोजगारमुलक कामको आश्वसन दिइरहेको मतदाताको भनाइ छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!