कांग्रेस जनातालाई त्रसाउने र हातखुट्ट भाँच्ने पार्टी होईन: प्रम देउवा

Posted on: 18 Nov, 2017

ललित बोहरा/मंसिर २, डडेल्धुरा । प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस जनातालाई त्रसाउने, धम्काउने, र हातखुट्ट भाँच्न पार्टी नभएको बताएका छन् ।

शनिबार नेपाली कांग्रेस गन्यापधुरा गाउँपालीका ४ र ५ ले डडेल्धुरामा आयोजना गरेको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै देउवाले २००७ सालमा राण शासनलाई हटाएर जनतालाई अधिकार दिएको पार्टी कांग्रेस मात्रै भएको बताएका छन् ।

‘देश अहिले तिब्र धुर्बीकरणको अबस्थामा छ ।’ देउवाले भने, हाम्रो पार्टी नेपाली कांग्रेस लोकतन्त्रबादी पार्टी हो । २००७ सालमा राण शासनलाई हटाएर जनतालाई अधिकार दिएको पार्टी कांग्रेस हो ।’ कांग्रेस जनातालाई कालिक बनउने पार्टी हो, भन्दै देउवाले जनातालाई त्रसाउने, धम्काउने, हातखुट्ट भाँच्ने पार्टी नभएको धारण राखे ।

नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवाले कम्युनिस्टको शासनमा बोल्ने, लेख्न केही पनि नपाइने बताएका छन् । कांग्रेस लोकतन्त्रको पक्षमा रहेको भन्दै देउवाले कांग्रेसलाई मतदान गर्न आग्रह गरेका छन् ।

उनले डडेल्धुरामा अझंै केही विकासका काम गर्न बाँकी रहेका समेत बताएका छन् । ग्रामीण सडकहरुलाई पक्की बनाएरै छाड्ने आश्वासन दिएका छन् ।

गन्यापधुरा सुन्दर ठाउँ भएको भन्दै देउवाले धार्मिक पयर्टकीय क्षेत्रका रुपमा विकास गर्न धारण राखेका छन् । गन्यापधुरामा धेरै धार्मिक स्थलहरु भएको भन्दै देउवाले धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गरी विदेशी पर्यटक भित्र्याउन सकिने बताएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!