डडेल्धुरामा एक जना विप्लव कार्यकर्ता पक्राउ

Posted on: 18 Nov, 2017

ललित बोहरा/मंसिर २, डडेल्धुरा । डडेल्धुराको परशुराम नगरपालिका वडा नं. ६ सिसमजाला बाट विप्लव कार्यकर्ता भएको आरोपमा एक जना लाई प्रहरीले पक्राउ गरेको छ ।

परशुराम नगरपालिका ७ स्थायी ठेगाना भई हाल धनगढी उपमहानगरपालिका बस्दै आउनु भएका धर्मसिंह नेगी (विचित्र) लाई सिमा प्रहरी चौकी तातापानीको टोलीले पक्राउ गरेको हो ।

घरबाट धनगढी जाने क्रममा विहान स्थानीय सिममजाला घाटमा पक्राउ गरि ईलाका प्रहरी कार्यालय जोगबुडामा पु¥याईएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख चक्रराज जोशीले जानकारी दिएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!