शैक्षीक संस्थामा दुई बिद्यार्थी संगठनद्वारा तालाबन्दी

Posted on: 26 Jul, 2017


साउन ११, डडेल्धुरा । नेपाल कम्युनिष्ट पार्टी निकट बिद्यार्थी संगठन अखिल क्रान्तीकारी र माओवादी केन्द्र निकट बिद्यार्थीले मङगलबार एक सयुंक्त प्रेस विज्ञप्ती जारी गर्दै एफसिआई होटेल म्यानेजमेन्ट एण्ड ट्रेनिङ सेन्टर सिटिईभिटीद्धारा सम्बन्धन प्राप्त नभएको उल्लेख गरेको छ ।

गरिब जनताका छोरा छोरीलाई ठगेको आरोप लगाउदै अखिल क्रान्तीकारीले उक्त ट्रेनिङ सेन्टरमा तालाबन्दी समेत गरेको छ । सिटिईभिटीद्धारा सम्बन्धन प्राप्त शैक्षीक सस्था हो भन्दै एफसिआई होटल म्यानेजमेन्ट एण्ड ट्रेनिङ सेन्टरले १८ महिने डिप्लोमा कोर्ष पढाउने भन्दै सोझा साझ बिद्यार्थीलाई सपना देखाई ठगी तथा लुटको धन्दा चलाईरहेको प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको छ, अखिल क्रान्तीकारीले प्रेस बिज्ञप्ती जारी गर्दै जनाएको छ ।

साथै अखिल क्रान्तीकारीले उक्त शैक्षीक सस्थालाई कडा कार्वाहिको माग गर्दै पिडित बिद्यार्थिलाई क्षतिपुर्ती उपलब्ध गराउन जोडदार माग गरेको छ । साथै क्रन्तीकारीले आफ्नो माग पुरा नभए कडा संघर्ष गर्न बाध्य हुने कुरा समेत बिज्ञप्ती मार्फत जानकारी गराएको छ ।

 तर उता एफसिआई होटेल म्यानेजमेन्ट एण्ड ट्रेनिङ सेन्टरका सन्चालक मिलन भाटले भने चन्दा नदिए पछि अखिल क्रान्तीकारीले आफ्नो शैक्षीक सस्थामा तालाबन्दी गरेको आरोप लगाएका छन् ।

 चन्दा नदिए पछि बिद्यार्थीलाई ठगेको आरोप लगाउदै अखिल क्रान्तीकारीले तालाबन्दी गरेको उनले बताएका हुन् । आफु संग प्रमाण भएको र आफुले तिन बर्ष देखी बिद्यार्थीलाई सेवा दिदै आएको सन्चालक भाटले बताएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!