अजयमेरु गाउँपालिका डडेल्धुराले पहिलो बैठक भत्ता बढीपीडितलाई दिने

Posted on: 18 Aug, 2017

ललित बोहरा/भदौ २, डडेल्धुरा । अजयमेरु गाउँपालिका डडेल्धुराको प्रथम गाउँसभाले पहिलो बैठकको भत्ता बाढीपीडितलाई दिने निर्णय गरेका छन् ।

देशका विभिन्न क्षेत्रमा भएको बाढी पहिरोको पीडालाई कम गर्न देशैभरीबाट राहत संकलन गरेर सहयोग होस् भनेर आफूहरुले पाउने भत्ता दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष उमेशप्रसाद भट्टले बताएका छन् ।

गाउँपालिका अन्तगरतका सबै जनप्रतिनिधिको एकदिनको भत्ता, शिक्षक र कर्मचारीको एकदिनको तलव गाउँपालिका अध्यक्ष राहत कोषमा जम्मा गरि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गर्ने निर्णय गरिएको अध्यक्ष भट्टले बताएका छन् । उनले अन्य इच्छुक व्यक्तिहरुलाई पनि सहयोगको लागि आग्रह गरेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!